लागूऔषधसहित तीन जना पक्राउ
सर्लाही : लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। बागमती नगरपालिका-७ निमिचोक बस्ने ३५ वर्षीय मोहन बहादुर योञ्जन समेत ३ जनालाई नियन्त्रित लागूऔषध ओनेरेक्स १ सय मिलिलिटरको ७ बोतल, कोडेडाइल-टि १ सय मिलिलिटरको ३ बोतल सहित ३ जना पक्राउ परेका हुन्। उनीहरूलाई सोमबार बिहान पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले मोहन बहादुरको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।