मुस्ताङमा चालकसँग १ मिनेट, यात्रुसँग २ मिनेट

मुस्ताङमा चालकसँग १ मिनेट, यात्रुसँग २ मिनेट
सुन्नुहोस्

जोमसोम : जिल्ला प्रहरी कार्यालय मुस्ताङको निर्देशनमा मुस्ताङ प्रहरी र ट्राफिक प्रहरी कार्यालय मुस्ताङले संयुक्त रुपमा चालकसँग १ मिनेट र यात्रुसँग २ मिनेट कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। मुस्ताङ यात्रा गर्ने सवारी तथा यात्रुहरूको सुरक्षाका लागि ट्राफिक प्रहरी कार्यालय मुस्ताङले यस प्रकारको अभियान सञ्चालन गरेको जनाएको छ।

मुस्ताङमा आवतजावत गर्ने सवारी साधनका चालकहरूलाई सम्भावित सवारी जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित ट्राफिक प्रहरीले चालकसँग १ मिनेट कार्यक्रम सञ्चालन गरेको हो। योसँगै ट्राफिक प्रहरी तथा सुरक्षा निकायको टोलीले हिमाली जिल्ला मुस्ताङको उच्च स्थानमा यात्रा गर्दै गरेका यात्रुहरूलाई लक्षित गरी हाई अल्टिच्युड सचेतना कार्यक्रम अन्तर्गत यात्रुसँग २ मिनेटको कार्यक्रम सञ्चालन गर्दै आईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिए।

मुस्ताङमा हिउँदयामको चिसो ह्वात्तै बढेसँगै जिल्ला सुरक्षा समिति, स्थानीय निकाय, स्वास्थ्य कार्यालय, एक्याप र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयुक्त टोलीले गत कात्तिक २५ गतेबाट यस प्रकारको सवारी तथा यात्रु लक्षित सचेतनामूलक अभियान शुभारम्भ गरेको थियो। अभियान म्याग्दी र मुस्ताङको सिमाना प्रहरी चौकी घाँसाको परिसरमा आयोजना गरिएको थियो। यसप्रकारको अभियानलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङ र ट्राफिक प्रहरी कार्यालय मुस्ताङले अझै निरन्तरता दिईरहेको प्रहरी नायव उपरीक्षक बोगटीले उल्लेख गरे।

मुस्ताङमा ट्राफिक प्रहरीको चालकसँग १ मिनेट कार्यक्रम अन्तर्गत राष्ट्रिय गौरवको (बेनी—जोमसोम) सडक हुँदै मुस्ताङ प्रवेश गर्ने सवारी साधन तथा चालकलाई प्रहरी चौकी घाँसा र जोमसोमस्थित ट्राफिक प्रहरी कार्यालय अगाडीको सडकमा रोकेर सचेतनामूलक जानकारी दिने गरिएको छ।

आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्म मुस्ताङमा ९१ वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ। जसमा ९१ जना सवारी दुर्घटनाबाट घाइते भएका थिए भने ८ जनाको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.