दोस्रो थन्डरबोल्ट्स कप फुटसलमा एभीएम प्रथम

दोस्रो थन्डरबोल्ट्स कप फुटसलमा एभीएम प्रथम
सुन्नुहोस्

ललितपुर :  जेम्स विद्यालयद्वारा आयोजित दोस्रो थन्डरबोल्ट्स कप खेलकुद महामेलाअन्तर्गत १३ वर्षमुनिका छात्रा समूह बीचमा भएको फुटसल खेलमा ललितपुरस्थित मानभवनको एभीएम स्कुल प्रथम भएको छ। उक्त खेलमा जेम्स स्कुल द्वितीय र छन्त्याल मौदुइत एकेडेमी तृतीय भएका छन्।

प्रतियोगितामा एभिएम स्कुल, जेम्स स्कुल, पाठशाला नेपाल फाउन्डेशन, रातो बंगला स्कुल, लर्डस लाइट एकेडेमी, सेन्ट जेभियर्स स्कुल, माउन्ट भ्यू स्कुल, छन्त्याल मौदुइत एकेडेमी, पुष्पाञ्जली स्कुल, काठमाण्डु प्रज्ञा कुन्ज स्कुल लगायतका विद्यालयको सहभागिता थियो।

१२ वर्षमुनि छात्रसमूह अन्तर्गतको जारी फुटबलको समूह चरणको खेलमा डिएभी स्कुलले जेम्स स्कुलका विरुद्ध ४–० को गोल, लर्डस लाइट एकेडेमीले शिखर स्कुलका विरुद्ध ४–२ को गोल, नेपाल पुलिस स्कुलले सेन्ट जेभियर्स स्कुलका विरुद्ध ५–० को गोल र विनायक स्कुलले भिएस निकेतन स्कुलका विरुद्ध ४–० को गोल अन्तर कायम ग¥यो।

१६ वर्षमुनि छात्रसमूहको समूह चरण अन्तर्गतको जारी क्रिकेट प्रतिस्पर्धामा नेपाल पुलिस स्कुलले रेडिएन्ट रिडर्स स्कुललाई ४९ रनले र डिएभी स्कुलले रेडिएन्ट रिडर्स स्कुललाई ८ विकेटले पराजित गर्‍यो।

जेम्स स्कुलको खेलमैदानमा जारी थन्डरबोल्ट्स कपअन्तर्गत बास्केटबलको यु–१८ छात्रतर्फ समूह चरणको खेल, यु–१८ छात्रातर्फ समूह चरण, यु– १६ छात्रतर्फ समूह चरणका खेल भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.