नगरप्रमुखको पारिश्रमिकबाट विद्यार्थीलाई छात्रवृत्ति

नगरप्रमुखको पारिश्रमिकबाट विद्यार्थीलाई छात्रवृत्ति

बुटवल : तिलोत्तमा नगरपालिका रूपन्देहीका नगरप्रमुख रामकृष्ण खाणले आफूले बुझ्ने वर्षभरिको पारिश्रमिकबाट नगरक्षेत्रका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेका छन्। नगरक्षेत्रका ४२ वटा सामुदायिक विद्यालयका १ सय ४६ जना विपन्न, जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको हो। प्रति विद्यार्थी पाँच-पाँच हजार रुपैयाँका दरले कुल ७ लाख ३० हजार रुपैयाँ रकम छात्रवृत्तिका रूपमा दिइएको नगरपालिकाले जनाएको छ। 

नगरप्रमुख खाणले आफू चुनाव जितेलगत्तै चुनावी बाँचामै आफूले पारिश्रमिक नलिने घोषणा गरेका थिए। विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्न थालेको निरन्तर तीन वर्ष भयो। हालसम्म कुल ४ सय ५० जना विद्यार्थीहरूका लागि करिव २२ लाख रुपैयाँ नगरप्रमुख खाणले नगरप्रमुख छात्रवृत्ति कोष खडा गरेर सहयोग गरेका छन्। ‘नगरपालिकाबाट बुझ्ने पारिश्रमिक र कार्यपालिका बैठक भत्ता मैले लिँदैन्’,खाणले भने,‘नगरपालिकाले नै कोष खडा गरेको छ। त्यही कोषमा मेरो पारि श्रमिक जम्मा हुन्छ। हरेक वर्ष भदौ १९ गते वितरण हुन्छ। यसवर्ष विविध कारणले गर्दा पुस १ गते वितरण गरिएको छ।’ पढ्ने जाँगर र क्षमता भएका तर आर्थिक अभावले गर्दा पढाइलाई निरन्तर दिन नसकेका विद्यार्थीहरूलाई यस कोषले धेरै साथ दिएको अनुभूति गरिएको उनले प्रतिक्रिया दिए। ‘विद्यार्थी छनौट सम्बन्धित विद्यालयले नै गर्छन्’, नगरप्रमुख खाणले भने, ‘म धनी भएकाले पैसा बाँडेको भन्ने नसम्झनुहोला। सामाजिक उत्तरदायित्व सम्झेर यो कार्यक्रम गरिएको हो। बालबालिकाले पढ्ने अधिकारबाट वञ्चित हुन् नपरोस भन्ने चाहना हो।’ उनले नगरपालिकाले पनि समग्र पालिकाको शिक्षा क्षेत्रमा बजेटको ठूलो हिस्सा लगानी गरेको जानकारी दिए। तीन वर्षदेखि निरन्तर वितरण गरिँदै आइरहेको छात्रवृत्ति कोषले विद्यालयका धेरै वालबालिकाहरूलाई आर्थिक सहायता मिलेको शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले प्रतिक्रिया दिए। 

‘विद्यालय तहका बालबालिकाहरूलाई नगद ५ हजार रुपैयाँ पढ्ने उमेरमा धेरै ठूलो हो’, उनले भने, ‘यस्ता सकरात्मक अभ्यासले धेरैलाई प्रोत्साहन गर्छ।’ आफ्नो विद्यालयबाट सबै कक्षाका गरी ९ जना विद्यार्थी छात्रवृत्तिका लागि छनौट भएको उनले जानकारी दिए।  नगरपालिकाले कक्षा ८, १० र १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई समेत छात्रवृत्ति प्रदान गरेको छ। छात्रवृत्ति कार्यक्रममा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले नगरप्रमुखले गरेको छात्रवृत्ति वितरण कार्यक्रमलाई अन्य जनप्रतिनिधिहरूले पनि अनुशरण गर्ने खालको रहेको सुनाए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.