१० ओभरमा जनकपुरले बनायो ६१ रन

१० ओभरमा जनकपुरले बनायो ६१ रन
फाइल तस्बिर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सले १० ओभरमा ६१ रन बनाएको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको जनकपुरले १० ओभरमा ३ विकेट गुमाउँदै ६१ रन बनाएको हो।
 
पहिलो ६ ओभरमा २ विकेट गुमाउँदै ३७ रन बनाएको जनकपुरले पछि रन आउटका रुपमा शुभलाई गुमायो। जनकपुरका लागि पहिलो विकेटका रूपमा लाहिरु मिलान्थालाई गुमायो। मिलान्थालाई दीपेन्द्र सिंह ऐरीले १२ रनमा एलबीडब्ल्यू गर्दै पेभेलियन फर्काए। मिलान्थाले १४ बलमा ३ चौका प्रहार गरेका हुन्। 

दोस्रो विकेट कप्तान आसिफ शेखको गयो। उनलाई सैफ जैबले बोल्ड आउट गरेका हुन्। उनले १० बलमा २ चौका प्रहार गर्र्दै ११ रन बनाए। जनकपुरको तेस्रो विकेट शुभ कन्साकरको गयो। उनी २६ रन बनाउँदै रन आउट भए। उनले २४ बलमा ४ चौका प्रहार गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.