सिटी एक्सप्रेस मनि ट्रान्सफर र दुबईको जोयालुकास एक्सचेन्जबिच
काठमाडौं : दुबईको ख्यातिप्राप्त जोयालुकास एक्सचेन्ज र सिटी एक्सप्रेस मनि ट्रान्सफर बीच रेमिटान्स कारोबार सुरु भएको छ । दुबइमा रहेका नेपालीहरूले जोयालुकास एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछ।
नेपालमा सिटी एक्सप्रेससँग आबद्ध २५,००० भन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिन्छ।
यस सम्झौताका आधारमा वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहज र गुणस्तरीय विप्रेषण सेवा प्रदान हुने विश्वास लिन सकिन्छ ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।