सहकारीको रकम हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न सुहाउँदैन : गृहमन्त्री लेखक

सहकारीको रकम हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न सुहाउँदैन : गृहमन्त्री लेखक
फाइल तस्बिर।

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सहकारीको रकम अपचलन गर्ने कोहीले उन्मुक्ति नपाउने बताएका छन्। बुधबार रुपन्देहीमा लेखकले सहकारीको रकम ठगी, अपचलन र हिनामिना गर्ने सयौं मान्छे जेल गएको बताउँदै गलत गरेका कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका हुन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नभएको जिकिर गरे। मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदूरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने उनले बताए। 

कांग्रेस नेता समेत रहेका लेखकले सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने स्पष्ट पारे।वर्तमान सरकार संविधान संशोधन, राजनीतिक स्थायित्व, संविधानको रक्षा र दिगो आर्थिक विकासका लागि गठन भएको उल्लेख गर्दै सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने बताएका हुन्।

गृहमन्त्री लेखकले संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल बनाएर काम अगाडि बढाएको उल्लेख गर्दै यसमा सबै दललाई ल्याउने प्रयत्न भएको धारणा राखे। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.