एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन, कसले कुन विभाग पाए ?

एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन, कसले कुन विभाग पाए ?
फाइल तस्बिर।

काठमाडौं :  नेकपा (एकीकृत समाजवादी)ले पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेको छ  केन्द्रीय महाधिवेशन गरेको ६ महिनापछि स्थायी कमिटी बैठकले कार्यविभाजन गरेको हो। 

बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ। यसैगरी सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभाग प्रमुख, संगठन विभाग प्रमुखमा वेदुराम भुसाललाई जिम्मेवारी दिइएको छ।जिम्मेवारी दिइएको छ।

एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुख घनेन्द्र बस्नेत, मोर्चा फाँट प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई दिइएको छ। उपाध्यक्ष जगन्नाथ खतिवडालाई संघीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राईलाई अखिल नेपाल महिला संघ समाजवादीको इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेस प्रदेश इञ्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन्।

महासचिव घनश्याम भुसाललाई अनुगमन,उपमहासचिव राजेन्द्र राईलाई कोशी प्रदेश इन्चार्ज, उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिव, उपमहासचिव गरिमा शाहलाई संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीलाई लुम्बिनी इञ्चार्जको जिम्मा दिइएको छ।

सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली इन्चार्जको जिम्मेवारी पाएका छन्। युवा विभागको इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीले पाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.