दाङमा स्कुटर दुर्घटना : आमाको मृत्यु, छोरा घाइते

दाङमा स्कुटर दुर्घटना : आमाको मृत्यु, छोरा घाइते
सांकेतिक तस्बिर।

दाङ : दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका -७ स्थित हात्तिखौवामा भ्यान र स्कुटर ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परि लमही नगरपालिका-५ निवासी ५० वर्षीया लिला भुसाल रहेको प्रहरीले जनाएको छ । 

बुधबार दिउँसो साढे १ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १३०० नम्बरको भ्यान र विपरित दिशाबाट जाँदै गरेको रा ७ प ११३५ नम्बर को स्कुटर आपसमा ठोक्किएका थिए । दुर्घटनामा परी गम्भीर घाइते भएकी भुसालको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इप्रका तुलसीपुरमा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । 

उक्त दुर्घटनामा गरी मृतकका छोरा स्कुटर चालक २७ वर्षीय निमलाल भुसाल घाइते भएका छन् । उनको अवस्था सामान्य छ । भ्यान र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.