इट्टाभट्टामा काम गर्ने एक मजदुरको मृत्यु
नुवाकोट : नुवाकोटको ककनीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु भएको छ। ककनी गाउँपालिका–३, स्थित न्यौपानेगाँउमा रहेको एक इट्टा उद्योगमा कार्यरत ४१ वर्षीय प्रकाश सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
पेट दुख्यो भनेर छटपटिएका दाङको घोराही उपमहानगरपालिका–१९ घर भएका सुनारको काठमाडौं वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।