आफैंले काटेको रुखले थिच्दा तामाङको मृत्यु

आफैंले काटेको रुखले थिच्दा तामाङको मृत्यु

नुवाकोट : नुवाकोटको ककनीमा रुखले थिचेर एक युवकको मृत्यु भएको छ। ककनी गाउँपालिका -४ नियालेका ४० वर्षीय भीमबहादुर तामाङको आफैँले काटेको रुखले थिचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

स्थानीय शुक्रबहादुर लामाको बारीमा रहेको उत्तिसको रुख काट्ने क्रममा सोही काटिएको रुखले थिचेर उनी गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारको लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएपनि मृत्यु भएको हो। 

मृतकको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टम गरि बुधबार बेलुकी अन्तिम संस्कार गरिएको ककनी- ४ का वडाध्यक्ष सोनाम लामाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.