माथिल्लो म्याग्दीलाई लगानी जुट्यो

माथिल्लो म्याग्दीलाई लगानी जुट्यो

बेनी : धवलागिरी गाउँपालिकामा ४–मा निर्माण हुन लागेको ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ। हाइड्रो इम्पायर प्रा.लि.प्रवर्द्धक रहेको आयोजनामा पाँच वटा बैंकले पाँच अर्ब ३४ करोड ८८ लाख ९८ हजार रुपैयाँ लगानी गर्ने सम्झौता भएको हो। 

सिद्धार्थ बैंक, नेपाल एसबिआई, सिटिजन्स बैंक, एभरेष्ट बैंक र नबिल बैंकका प्रतिनिधि र प्रवर्द्धक कम्पनीको सञ्चालकबीच सोमबार काठमाडौंमा लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हाइड्रो इम्पाएरका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए।  

बैंकको ब्याजबाहेक आयोजनाको कूल लागत छ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रुपैयाँ अनुमान गरिएको छ। ब्याजसहित सात अर्ब ६३ करोड २९ लाख १४ हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनाकोले १२ वर्षको अवधीमा ऋण तिरि सक्ने योजना बनाएको छ।  

७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी रहने आयोजना पूरा भएपछि दुई सय १५. दशमलब सात सय १४ गिगावाट प्रतिघण्टा विद्युत उत्पादन हुनेछ। उत्पादित विद्युत् विद्युतगृहदेखि १० दशमलब दुई किलोमिटर दूरीको एक सय ३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत डाडाखेत सबस्टेसनमा जोडिनेछ।

‘२१ किलोमिटर पहुँचमार्ग, ५० र ३० मेट्रिक्टन क्षमताको दुई वटा बेलिब्रिज निर्माण भइसकेको आयोजनाको सुरुङ, बाँध र विद्युतगृह निर्माणको तयारी भएको छ,’ प्रबन्ध निर्देशक घर्तीले भने ‘अबको दुई वर्ष छ महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य सहित सिभिल ठेकेदार परिचालित भइसकेको छ।’ 

आयोजनाका लागि आवश्यक एक दशमलब ६९ हेक्टर निजी जग्गा खरिद गरिएको र तीन दशमलव ६९ हेक्टर सरकारी जग्गा प्रयोग गरेबापत शोधभर्नाको प्रक्रिया अगाडि बढाएको छ। आयोजनाका लागि आवश्यक विष्फोटक पदार्थ खरिदका लागि लागि सम्बन्धित निकायबाट स्वीकृति लिई प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ। 

सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ। म्याग्दी खोलाको बायाँ किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी, हेडरेस सुरुङ्ग बन्ने आयोजनाको विद्युतगृह म्याग्दी खोला र मुदी खोलाभन्दा एक किलोमिटर माथि प्रस्ताव गरिएको छ। 

तीन किलोमिटर पाँच सय ५३ दशमलव ३३ मिटर लामो सुरुङबाट ल्याइने पानी तीन सय दशमलव ८८ मिटर अग्लो हेडबाट विद्युत गृहमा खसालेर विद्युत उत्पादन गरिने भएको छ। आउटलेटदेखि विद्युतगृहसम्म सात सय ९७ दशमलब ९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ। 

धौलागिरी हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत उत्पादनका लागि विद्युत विकास विभागबाट थप चार वटा आयोजनाले निर्माणको अनुमति पाएका छन्। ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी पहिलोको निर्माण सुरु भएको छ। १४.७० मेगावाट क्षमताको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजना पहुँचमार्ग निर्माणको चरणमा छन्।
 
धौलागिरी कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको पाँच वर्षअघि शिलान्यास गरेपनि गति लिन सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.