अनलाइनबाट लगानीकर्ता खोज्न मिल्ने ‘इन्भेस्टिया’
काठमाडौं : कुनै पनि काम गर्न अठोट, धैर्यता, मेहनत, अनुसन्धान र लगानी चाहिन्छ। नवलपुरका सुसन चापागार्इंले यही भनाइलाई विश्वासमा राखेर नयाँ काम सुरु गरेको इन्भेस्टिया आभा टेक्नोलोजी प्रालिअन्तर्गत रहेर आफ्ना सेवाहरू दिइरहेको छ। सफ्टवेयर इन्जिनियरिङमा ब्याचलर सकेका चापागाईंले आफू अध्ययन गर्दैगर्दा ‘इन्भेस्टिया’ को अवधारणालाई बाहिर ल्याएका हुन्।
इन्भेस्टिया कम्पनी स्टार्टअपहरू तथा व्यवसायीहरूका लागि लगानी खोजी दिने एउटा डिजिटल प्ल्याटफर्म हो। यहाँ स्टार्टअप उद्यमी, व्यवसायी, लगानीकर्ता र इन्क्युबेटर जोडिन सक्छन्। जहाँ उद्यमीहरूले आफ्नो प्रोफाइल बनाएर व्यवसायका बारेमा सम्पूर्ण जानकारीहरू राख्न सक्छन्। जुन उद्यमीहरूले आफ्ना व्यवसाय स्थापना गरेका छन् र आफ्नो व्यवसायलाई लगानी थपेर ठूलो बनाउन चाहन्छन् उनीहरूले इन्भेस्टिया डटकमअन्तर्गत व्यवसायको प्रोफाइल बनाएर सम्पूर्ण जानकारी राख्न सक्छन्।
यसअन्तर्गत व्यवसायको कानुनी कागजात, आर्थिक परियोजना कार्य, पिजडेक लगायतका कागजातहरू पर्छन्। यी सबै डकुमेन्ट अनलाइनमार्फत इन्भेस्टिया अपलोड गरिसकेपछि दर्ता गर्न सकिने कम्पनीका सीईओ सुसन चापागाईं बताउँछन्।
‘उद्यमीहरूले उपलब्ध गर्नुभएको इन्फरमेसनअनुसार कम्पनी कानुनी रूपमा स्थापन भएको हो कि होइन ? कम्पनीले गरिरहेको काम कानुन सम्मत छ कि छैन ? यी कुराहरू हामी आफैंले भेरिफाई गरेर मात्रै प्याल्टफर्ममा लिस्ट गर्ने गरेका छौं’, उनले भने।
उद्यमीहरू जसरी नै लगानीकर्ताहरू पनि कम्पनीको वेबसाइटमा अनलाइनमार्फत रजिष्टर गरेर लिष्ट हुन सक्नेछन्। जसमा व्यक्ति र कम्पनी दुवै रहन पाउने प्रावधान रहेको छ।
व्यवसायी र लगानीकर्ता दुवै प्ल्याटफर्ममा दर्ता भइसकेपछि लगानीकर्ताले सीमित दायरामा रही ‘इन्भेस्टिया’ मा रहेका व्यवसायहरूमध्ये आफूलाई मनपरेको व्यवसायमा लगानी गर्न सक्ने छन्। जहाँ व्यवसायीहरूलाई कति रकम आवश्यक परेका हो त्यसबापत आफ्नो व्यवसायको कति हिस्सा सेयर दिने हो त्यसअनुरूप नै रजिष्टर भएका लगानीकर्ताले रेन्ज आस्क गर्न पाउने छन्। लगानीकर्ताहरूले सोहीअनुरूप आफूले छनोट गरेको व्यवसायमा बिड गरी लगानी गर्न सक्ने छन्।
बिड गर्ने बेलमा बिजनेसको पूरै विवरण हेर्न पाइँदैन, प्राजेक्ट ओभरभ्यु र मुख्य मुख्य डिलेट मात्रै हेर्न पाइन्छ। यस्तै इन्भेस्टियाले व्यवसायीहरूलाई ‘इन्क्युबेसन’ सेवा पनि दिने चापागाईंको भनाइ छ। उनी भन्छन्, ‘कुनै पनि उद्यमीलाई सधैंभरि फन्डैकै आवश्यक्ता मात्रै पर्छ भन्ने हुँदैन। कसैलाई बिजनेस प्लान बनाउन सहयोग चाहिन्छ, बिजनेस मोडल भ्यालिड छ कि छैन भन्ने पनि थाहा नहुन सक्छ, त्यो बेलामा इन्कयुबेटरले अध्यायन गरी समस्याको समाधानमा पु¥याउन सक्छ।’ उनले भने, ‘हामीहरूले लगानी खोजिरहका उद्यमी तथा व्यवसायीहरूलाई लगानीकर्तासँग जोडीदिने र इन्क्युबेटरसँग जान खोज्नेहरूलाई एउटा ‘डिजिटल गेटवे’ को काम गरेका छौँ।’
नेपालको जुनसुकै कुनामा भएको स्टार्टअपले एक्सपोजर पाओस् र लगानीको अभावकै कारणले स्टार्टअप बन्द नहोस् भन्ने ‘इन्भेस्टिया’ को लक्ष्य रहेको छ। करिब चार महिनाअघि सञ्चालनमा आएको इन्भेस्टियामा हाल केही व्यवसायहरू दर्ता भएका छन् र २० भन्दा बढी लगानीकर्ता तथा ७५ भन्दा बढी युजर क्रियट भइसकेको सिईओ सुसन बताउँछन्। ‘हाम्रो यूएसपी भनेको नै ट्रस्ट हो,’ उनले भने।
लगानीकर्तासँग भएको रकम कानुन सम्मत छ वा छैन भन्ने प्रश्नमा उनी भन्छन्, ‘व्यावसाय दर्ता गर्दा नै सुरुमा भ्यालिड डकुमेन्टका नै मागेका हुन्छौं। लगानीकर्ता विश्वसनीय छ वा छैन चेकजाँच गरेर मात्र रजिष्ट्रर गर्ने गरेका छौं।
नेपालमा हालसम्म प्याटेन फाइलिङको व्यवस्था छैन जसले स्टाटअपका लागि अझै विश्वास जगाउन सकोस्। त्यसैले इभेस्टरले विश्वासका साथ लगानी गर्न पाउने अवस्था बनाउनका लागि इन्भेस्टियाले काम थालनी गरेको उनको भनाइ छ।
‘हालसम्म नेपालमा त्यस्ता अभ्यासहरू भएका छैनन्, जहाँ लगानीकर्ताले यो बिजनेस राम्रो हो, यहाँ लगानी गर्दा राम्रो हुन्छ भन्ने खालका जानकारी पाउन र सोही प्ल्याटफर्ममार्फत लगानी गर्न सकून्। हामीले यसैलाई आधार बनाएर आफूले गरेको लगानी राम्रो ठाउँमा छ र यसलाई इन्भेस्टियाले रजिष्ट्रर गरेको छ भन्ने विश्वस्त वातावरण बनाउने सोचका साथ हामी लागी परेका छौं।’
यस्तै कम्पनीका वित्तीय विज्ञ सीए ऋषि पोख्रेल आफूहरूले गरिरहेका काममा नीतिगत व्यवस्थाहरू अस्पष्ट रहेको बताउँछन्। ‘जसरी डिजिटल वालेटका सुरुका दिनमा जसरी नीतिगत स्पष्टता थिएन हाम्रो अहिलेको अवस्थामा पनि त्यही खालको छ सिए पोख्रेलले भने। हाललाई मौजुदा कानुनमा टेकेर नै इन्भेस्टियाको सुरुवात गरेका छौं।
स्टार्टअपलाई सस्टेन गराउन कतिको सहज ?
स्टार्टअपलाई सस्टेन गराउन नितिगत र आर्थिक रूपमा धेरै च्यालेन्जहरू आउँछन्। स्टार्टअपका लागि फन्ड रेज, मार्केटिङ लगायतका धेरै कुरामा च्यालेन्ज फेस गर्नुपरेको सीईओको भनाइ छ। कतिपय स्टार्टअपचाहिँ रनवेको अभावले पनि बन्द हुने गरेका छन्। ‘हामीहरूले दुई प्रकारका चुनौतीहरू भोगिरहेका हुन्छौं। इन्टरनल अनि एक्सर्टनल। एक्सर्टनल भन्नाले हाम्रो कम्पनीभन्दा बाहिरका कुराहरू जसमा आर्थिक, सामाजिक, राजनीतिक आदि असरहरू हुन्छन्। इन्टरनलमा चाहिँ अस्पष्ट नीतिहरू, रनवे, माजव संशाधन, प्रविधि, लगानी लगायतका चुनौतीहरू हुन्छन्।
अबको बाटो
स्टार्टअपहरूका लागि राज्यको नीतिगत व्यवस्था स्पष्ट हुनुप¥यो। उनीहरूको संरक्षण, प्रबद्र्धन र विकासका लागि राज्यले प्राथमिकता दिनुपर्छ। सुरुवातको लगानीका लागि सहुलियतपूर्ण ऋणको व्यवस्थालाई अझै प्रभावकारी बनाउनुपर्छ।
यदि कुनै उद्यमीहरू व्यवसाय गर्न खोज्दै वा गर्दै गरेको हुनुहुन्छ भने जो कोही पनि सोझै इन्भेष्टियाको डिजिटल प्ल्याटर्फ इन्भेस्टिया डटकममार्फत वा इन्भेस्टियामा सम्पर्क गरी जोडिन सक्नुहुन्छ। त्यसैगरी लगानी गर्न इच्छुक लगानीकर्ताहरू पनि इन्भेस्टियामा गएर रजिष्ट्रर भई ढुक्कले लगानी गर्न सक्नु हुने छ।