मनाङको नेस्याङ केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
काठमाडौं : मनाङको नेस्याङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पबाट भएको क्षतिबारे भने एकिन जानकारी आएको छैन।
यसअघि मंगलबार र बुधबार बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो। मंगलबार ४.३ र बुधबार ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।