कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ११८ रन बनाएको हो।

कर्णालीका लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाए। उनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे। कर्णालीले दोस्रो ओभरको पहिलो बलमा नै जय किसन कोल्सावालालाई गुमायो। उनलाई ललित राजवंशीले हर्ष थाकरको हातमा क्याच गराए। दोस्रो विकेटको रुपमा ओपनर देव खनाललाई गुमायो। उनले २० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २४ रन बनाउँदै जेम्स निसमको बलमा आकाश त्रिपाठीको हातमा क्याच भए। 
कर्णालीले पावरप्लेमा २ विकेटको क्षतिमा ४४ रन जोडेको थियो।  

कर्णालीका लागि तेस्रो विकेट जिसन मक्सुदको गयो। उनले ११ बलमा २ चौकासहित १२ रन बनाउँदै मोहम्मद मोसिनको बलमा लाहिरु मिलान्थाको हातमा क्याच भए। चौथो विकेट विलियम वासिस्टोको गयो। ललित राजवंशीको बलमा मिलान्थाले उनलाई स्टम्पिङ आउट गराए। उनले १५ बलमा १ चौकासहित १५ रन जोडे। 

१० ओभरमा ४ विकेट गुमाउँदै ६७ रन बनाएको कर्णालीले ११.५ ओभरमा पाँचौं विकेट चाड्विक वाल्टनको गयो। उनी हर्ष थाकरको बलमा कप्तान आसिफ शेखको हातमा क्याच भए। छैटौं विकेट भने अर्जुन घर्तीको गयो। उनी मयन यादवबाट रन आउट भए। सातौं विकेट कप्तान सोमपाल कामीको गयो। आठौं विकेट गुल्सन झाको गयो। उनलाई मोहम्मद मोसिनले बोल्ड गरे। नवौं विकेटका लागि नन्दन यादव र युनिस विक्रम सिंहले १५ रनको साझेदारी गरे। नवौं विकेटका रुपमा युनिस निसमको बलमा एलबीडब्ल्यू आउट भए। 

जनकपुरका लागि ललित राजवंशी, जेम्स निसम र मोहम्मद मोसिनले समान २/२ विकेट लिए। शेर मल्ल र हर्ष थाकरले समान १/१ विकेट लिए। आजको खेलको विजेताले फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.