योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज हुने

योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज हुने
सुन्नुहोस्

काठमाडौं : नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४  प्रतियोगिता हुने भएको छ। 

ब्याडमिन्टन संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४ पुस ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। यस्तै पुस १२  गतेदेखि  पुस १४ गतेसम्म योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज–२०२४ पनि सञ्चालन हुने संघले जनाएको छ। 

विश्व ब्याडमिन्टन महासंघ ब्याडमिन्टन एशियाको स्वीकृति तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा  हुने प्रतियोगिता काठमाडौँस्थित त्रिपुरेश्वर कभर्डहलमा सञ्चालन गरिने बताइएको छ।  प्रतियोगिताका लागि छनौट भएका आठ/आठ खेलाडीहरुले सहभागीता जनाउने संघका अध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिए। सिनियरमा मेन्समा ९ पुरुष र ७ महिला तथा जुनियरमा ८/८ जना महिला पुरुषको सहभागिता रहने उनले बताए।

प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, थाइल्याण्ड, सिंगापुर, बंगलादेश, भियतनाम, क्यानडा, मलेशिया लगायतका २२ वटा देशको सहभागिता रहने छ। प्रतियोगिता ५ विधामा खेलाइनेछ। जसमा मेन्स सिंगल,वुमन्स सिंगल मेन्स डबल, वुमन्स डबल तथा मिक्स डबलमा आयोजना हुने संघले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.