महिला यु–१९ एसिया कप : खेल रद्ध भएपछि नेपाल र श्रीलंकाले अंक बाँडे
काठमाडौं : मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’को नेपाल र श्रीलंकाबीचको खेल रद्ध भएको छ। नेपालले श्रीलंकाविरुद्ध आज टस जितेर फिल्डिङ गरेको थियो। तर पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्ध हुन पुगेको हो।
वर्षाका कारण खेल रद्ध भएपछि दुवै टिमले एक–एक अंक बाँडेका छन्। नेपालले पहिलो ओभरमै श्रीलंकाको एक विकेट लिएको थियो। वर्षा नरोकिएपछि दुवै टोलीले समान एक/एक अंक बाँडेका हुन्।
नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको हो। समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण खेल रद्ध भएपछि नेपाल र भारतले एक–एक अंक बाँडेका थिए। सुपर–४ मा नेपालसहित भारत, बङ्गलादेश र श्रीलंका छन्। नेपालले शुक्रबार सुपर–४ अन्तर्गत बंगलादेशको सामना गर्नेछ।
प्रतिक्रिया दिनुहोस !
१