मुस्ताङको उच्च स्थानमा विद्युतीय डीसी चार्जिङ स्टेशन स्थापना

मुस्ताङको उच्च स्थानमा विद्युतीय डीसी चार्जिङ स्टेशन स्थापना

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा पहिलो पटक विद्युतीय डीसी चार्जिङ स्टेशन स्थापना गरिएको छ।  मुस्ताङ भित्रिने विद्युतीय सवारी साधनलाई लक्षित गरी मुस्ताङको जोमसोममा विद्युतीय चार्जिङ स्टेशन स्थापना गरिएको हो।

भीजी मोटर्स कम्पनीले नेपालमा एसआरएम र जोलङ ब्रान्डका विभिन्न प्रकारका विद्युतीय सवारी साधन बजारमा लञ्च गरेको छ। मुस्ताङको घरपझोङ गाउँपालिकामा विशाल ग्रुपबाट खरिद गरिएका २ वटा एसआरएम विद्युतीय सवारीसहित खरिदकर्तालाई हाईभोल्टेजको फास्ट विद्युतीय चार्जिङ उपकरण उपलब्ध गराएको छ। 

उक्त फास्ट विद्युतीय सवारीको बेट्री चार्ज गर्ने सेवा प्रवाह गर्न जोमसोमका २ जना खरिदकर्ताले तीब्र गतिको फास्ट चार्जिङ स्टेशन स्थापना गरेका हुन्। जोमसोमका स्थानीय गणेश शेरचन र विकल शेरचनले एसआरएम ब्रान्डका २ विद्युतीय सवारी किनेर उपहार स्वरुप ३२ किलोवाट क्षमताको फास्ट डिसी चार्जिङ उपकरण कम्पनीले उपलब्ध गराएको थियो।

समून्द्री सतहको ३ हजार मिटरको उच्च स्थानमा स्थापना गरिएको विद्युतीय सवारी चार्जिङ स्टेशनको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले एक समारोहकाबीच उद्घाटन गरे। 

भीजी मोटर्सका २ ब्रान्डका विद्युतीय सवारी साधनलाई २ प्रकारको चार्जरले चार्ज गर्न मिल्ने बताइएको। उपलब्ध विद्युतीय सवारीलाई २० र ४० किलोवाटको चार्जरले चार्ज गर्न मिल्छ भने ७ किलोवाटको सोलार चार्जरले पनि चार्ज गर्न मिल्ने कम्पनी अन्तर्गतको विशाल ग्रुपका प्रतिनिधिले बताएका छन्। 

एक पटक फुल चार्ज गरेमा विद्युतीय सवारीले ३ सय किलोमिटरको गन्तव्य तय गर्न सकिने छ। यसमा ५० किलोवाटको डाइनोमा र ४२ किलोवाटको ब्याट्री हुन्छ। जोमसोममा एसआरएम कम्पनीको विद्युतीय सवारी भित्र्याइएको हो।

नेपालमा दैनिक कुल २ हजार ८ सय मेगावाट विद्युत उत्पादन हुन्छ। यद्यपि खपत  १ हजार ८ सय मेगावाट मात्रै छ। यसैले दैनिक १ हजार मेगावाट विद्युत फ्रिज हुने विद्युतलाई व्यवस्थापन गर्न यसप्रकारका विद्युतीय सवारी उपयोगी हुने कम्पनीको दाबी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.