परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा, भोलि नेपाल-भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारतको नयाँ दिल्ली पुगेकी छन्। राणा बेल्जियम, नेदरल्याण्ड्स, लक्जेम्बर्ग र जर्मनको भ्रमणपश्चात बुधबार बर्लिनबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेकी थिइन्।
उनले भोलि नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ। त्यसपछि उनले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउने कार्यतालिका छ।
सचिवालयका अनुसार उनी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस !
१