सिद्धार्थ बैंकद्वारा “प्लाटिनम क्रेडिट कार्ड” सञ्चालनमा
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने अभिप्रायले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। जुन भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड हो।
यस कार्डलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको खेल समाप्ति पछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले सार्वजनिक गरेका हुन्।
यो कार्ड प्रयोग गर्ने ग्राहकहरूले वार्षिक दुई पटक सम्म एयरपोर्टमा निःशुल्क प्रवेश, ४५० भन्दा बढि ग्लय मर्चेन्टहरुमा ४० प्रतिशतसम्म छुट, यो कार्ड बैंकिङ कार्डको रूपमा प्रयोग गर्न सकिनेछ र उक्त कार्ड प्रयोग गर्ने ग्राहकहरुले बैंकिङ्ग सेवामा प्राथमिकता पाउनेछन्।
यसैगरी प्लाटिनम क्रेडिट कार्ड नेपाल, भूटान र भारतमा प्रयोग गर्न सकिनेछ भने उक्त कार्डका लागि सुरुवाती ३ महिनाभित्र आवेदन दिने ग्राहकलाई निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको छ।
प्लाटिनम क्रेडिट कार्डले ग्राहकलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ।