अवकाशमा जान लागेका कर्मचारीलाई बढुवा गर्ने काम रोक्न सुझाव

अवकाशमा जान लागेका कर्मचारीलाई बढुवा गर्ने काम रोक्न सुझाव
फाइल तस्बिर ।

काठमाडौं : सांसदहरूले अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्ने सुझाव दिएका छन्। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधनकर्ताहरुसँगको छलफलका क्रममा उनीहरूले केही दिनमा नै अनिवार्य अवकाशमा जान लागेका कर्मचारीलाई माथिल्लो तहमा बढुवा गर्दा थप पेन्सनको भार थपिने भएकाले यस्ता काम रोक्नुपर्ने सुझाव दिएका हुन्।

माथिल्लो तहमा कर्मचारीको बढुवा गर्दा खुला प्रतिस्पर्धाको प्रतिशत बढाउनुपर्ने समेत सांसदहरुको सुझाव छ। बैठकमा सांसद अमरेश कुमार सिंहले निजामती सेवाबाट अवकास प्राप्त भइसकेपछि विदेशको पीआर लिने र वर्षमा एक पटक आएर पेन्सन थाप्ने कामको अन्त्य हुनुपर्ने सुझाव दिए।

अवकाशप्राप्तपछि विदेशको पिआर लिएर बस्नेलाई पेन्सन रोक्नुपर्ने उनले बताए। त्यस्तै उनले सम्मानको नाममा अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने प्रचलन समेत रोक्नुपर्ने उल्लेख गरे।

त्यस्तै अन्य सांसदहरूले काजको व्यवस्था हटाएर तोकिएको निकायले खटाएको ठाउँमा जानै पर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने सुझाव पनि दिएका छन्। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सय भन्दा बढी संसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.