लोडसेडिङ भएको छैन, प्राविधिक समस्याका कारण उद्योगहरूमा विद्युत कटौती गर्नुपरेको हो : कुलमान घिसिङ

लोडसेडिङ भएको छैन, प्राविधिक समस्याका कारण उद्योगहरूमा विद्युत कटौती गर्नुपरेको हो : कुलमान घिसिङ

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरूमा विद्युत कटौती गरेको बताएका छन्। बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले केही प्रसारण लाइनहरू मर्मत गर्नुपर्ने भएका कारण उद्योगहरूमा विद्युत आपूर्ति बन्द गर्नुपरेको स्पष्ट पारेका हुन्।

उत्पादनभन्दा माग बढी भएका कारण उद्योगहरूमा विद्युत कटौती गर्नुपर्ने बाध्य भएको उनको  भनाइ छ।  उनले प्राधिकरणले बिहान र बेलुकाको (पिक डिमाण्ड) को समयमा बिजुली कटौती गरिएको बताए। 

उनले अप्पर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पुर्‍याउँदा र कालीगण्डकी प्रोजेक्टको एउटा युनिट बन्द हुँदा विद्युत आपूर्तिमा समस्या आएको बताए। उनलेअप्पर तामाकोशी र कालीगण्डकीबाट पूर्ण क्षमतामा विद्युत प्रवाह भएपछि लोडसेडिङको समस्या समाधान हुने बताए।

'बाढीले अप्पर तामाकोशी ड्यामेज गरेको छ। बनाउँदैछौं। कालीगण्डकी प्रोजेक्टको एउटा युनिट बन्द छ। एउटा जेनेरेटरमा समस्या आएको छ। मर्मत हुँदैछ। ५०० मेघावाटको पिकिङ प्लान्टहरू अहिले बन्द छन्। त्यति गर्दा पनि लोडसेडिङ हुन दिइरहेका छैनौं, 'उनले भने,' बेलुका र बिहानको पिक समयमा उद्योगहरूलाई कम चलाउनुस् भनेका हौं। 

उनले लोडसेडिङ हुँदा रमाउने जमात बढेको बताए। उनले लोडसेडिङ हुँदा खुसी हुनेहरूले नै लोडसेडिङको हल्ला फैलाएको भन्दै आपत्ती जनाए। 

नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनहरू मर्मत गर्नुपर्ने भन्दै विद्युत कटौती गरेपछि उद्योगीहरू आफूहरू मारमा परेको बताउँदै आएका छन्। उनीहरुले प्राधिकरणको नियत नै खराब रहेको प्रतिक्रिया दिएका छन्।

प्राधिकरणले उद्योगिहरूले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता नबुझाएका कारण नियतवश उद्योगमा लाइन कटौती गर्न लागेको आशंका उनीहरूको छ।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.