रोल्पामा दुईजनाको हत्या

रोल्पामा दुईजनाको हत्या
सांकेतिक तस्बिर।
सुन्नुहोस्

रोल्पा : रोल्पामा अलगअलग स्थानमा दुईजनाको हत्या भएको छ । उत्तरी भेग उवा र गाममा हत्याको घटना भएको हो । थबाङ गाँउपालिका-५ हार्जुवास्थित सुमित होटलमा खाना खाएर सुतेका ३७ वर्षीय रमेश रोका क्षेत्रीको घाँटी रेटिएर हत्या भएको अवस्थामा फेला परेका हुन् । 

पुस ३ गते राति सुतेका  लु १ ज १८४७ गाडी चालक सुनछहरी गाउँपालिका -५ गाडावाङका रोकाक्षेत्री बिहान अबेर सम्म पनि नउठेपछि उठाउन खोज्दा ओछ्यानमा अचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पुस ४ गते बिहान ९:५० बजे होटल साहुले फोनमार्फत प्रहरीलाई जानकारी गराएपछि  प्रहरी सहाय निरिक्षक देबेन्द्र विक्रम विकको नेतृत्वमा चारजनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए । 

सुनछहरी गाउँपालिका-२ जाजाधाराका ३६ वर्षीय नन्द सिंह परियारलाई उनका छोरा १८ वर्षीय समिर परियारले चिरपटले टाउकोमा हानी हत्या गरेको खुलेको छ । घरायसी विवादका कारण दाउराको चिरपटले टाउकोमा हानी घाइते बनाएपछि पुस ४ गते बिहान ३:३० बजे आफ्नै घरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपी समिर परियाररलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । दुबैको शव पोष्टमार्टमका लागि अस्पताल ल्याइएको छ । रोकाक्षेत्रीका परिवारले प्रभावकारी अनुसन्धानको माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.