नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम
काठमाडौं : नेपाल एसबिआई बैंकले श्री गायत्री बेद बेदाङ संस्कृत विद्यालय गुरुकुलम रत्ननगर चितवनलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरेको छ।
कार्यक्रममा बैंकका बागमती प्रदेश कार्यालय प्रमुख प्रवीण मुनि बज्राचार्यले श्री गायत्री बेद बेदाङ संस्कृत विद्यालय गुरुकुलमका प्राचार्य सुभास चालिसेलाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका थिए। उक्त कार्यक्रममा बैंक तथा गुरुकुलमका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो।
बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरू गर्दै आइरहेको छ। हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ।