अन्नपूर्णकर्मी थापालाई उत्कृष्ट कोदो समाचार पुरस्कार

अन्नपूर्णकर्मी थापालाई उत्कृष्ट कोदो समाचार पुरस्कार
सुन्नुहोस्

काठमाडौं : कोदोजन्य बाली प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै अन्नपूर्णकर्मी ममता थापासहित ६ जना पत्रकारलाई कोदो समाचार लेखन उत्कृष्ट पुरस्कार तथा सम्मान–२०८१ प्रदान गरिएको छ। एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) र राष्ट्रिय कृषक समूह महासंघ, नेपालको संयुक्त आयोजनामा शुक्रबार सिंहदरवारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयमा मन्त्री रामनाथ अधिकारीले प्रमाणपत्र, नगद र दोसल्लासहित सम्मान गरेका हुन्। 

उक्त पुरस्कारको घोषणा भने गत साउन १५ गते ललितपुरको खोकनामा आयोजित ‘चौथो कोदो दिवस २०८१’को अवसरमा गरिएको थियो। उक्त पुरस्कार शुक्रबार प्रदान गरिएको हो।  विभिन्न तीन विधामा कृषि कोदो लेख पुरस्कार तथा सम्मानद्वारा सम्मानित गरिएको छ। चौथो राष्ट्रिय कोदो दिवसको सन्दर्भमा समाचार लेखन प्रवर्द्धनका लागि लेखनवृत्तिमा सहभागीमध्ये ६ जनालाई पुरस्कृत गरिएको हो । हिमालय टाइम्स दैनिकका वरिष्ठ संवाददाता लेखनाथ पोखरेललाई १५ हजार रकमसहित कोदो समाचार लेखन सर्वोकृष्ट पुरस्कार तथा सम्मान गरिएको छ। 

null

अन्नपूर्ण पोष्ट दैनिककी वरिष्ठ संवाददाता थापा र उज्यालो रेडियो नेटवर्क कार्यक्रम उत्पादक मदन पौड्याललाई जनही १०–१० हजारसहित कोदो समाचार लेखन उत्कृष्ट पुरस्कार तथा सम्मान प्रदान गरिएको छ। यससँगै आर्थिक अभियान दैनिकका संवाददाता प्रशान्त खड्का, टक्सारन्युजडटकमा संवाददाता रवि थापा र रातोपाटीडटकमकी संवाददाता सरिता थारुलाई जनही ५ हजारसहित कोदो समाचार लेखन प्रोत्साहन पुरस्कार तथा सम्मान प्रदान गरिएको छ।

यसैक्रममा अनाजका अध्यक्ष किरण आचार्यले कोदो दिवस मनाउनका लागि जनस्तरबाट निरन्तर कार्यक्रम गरिरहेको सन्दर्भमा यो वर्ष सरकारले दिवस घोषणा गर्ने तयारी गरिरहेको बारे प्रशंसा गर्दै पत्रकारको तर्फबाट निरन्तर रूपमा कृषि प्रवर्द्धनका लागि काम गरिरहने बताए। 

null

कृषि तथा पशुपन्छी मन्त्री अधिकारीले कोदो दिवस मनाइएको विषयलाई उच्च प्रशंसा गर्दै कृषि पत्रकार सम्मानको कार्यक्रम महत्वपूर्ण रहको बताए। पोषणयुक्त कोदोवाली प्रवर्द्धन गर्न सरकारले दिवस घोषणा गर्ने तयारी गरिरहेको मन्त्री अधिकारीले जानकारी दिए।  यसैक्रममा उनले बाल्यकालको सम्झना गर्दै भने, ‘जान्ने भएदेखि दैनिक १ छाक कोदोको ढिँडो र खाजा रोटी खाएर हुर्केको हो।’

अनाजले पत्रकारलाई लेखनका लागि प्रोत्साहन गरेकोमा धन्यवाद व्यक्त गर्दै सम्मानित ममता थापाले यस्ता कार्यले निरन्तरता पाउनुपर्नेमा जोड दिइन्। विगत ४ वर्षदेखि नै किसान र अनाजले संयुक्त रूपमा सरकारलाई कोदोजन्य बाली वर्ष घोषणा गर्न अनुरोध गर्दै कोदो दिवसको कार्यक्रम गर्दै आएको छ। 

महासंघ रैथाने उत्पादनलाई प्रवर्द्धन गर्दै साना किसानको अधिकारमा काम गर्ने राष्ट्रिय नेटवर्क हो भने अनाज कृषि सञ्चारलाई प्रवर्द्धन गर्ने सञ्चारकर्मीको साझा संस्था हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.