एचआइभी संक्रमण हुनबाट बचाउने प्रेप उपचार विधि पाल्पामा सुरु

एचआइभी संक्रमण हुनबाट बचाउने प्रेप उपचार विधि पाल्पामा सुरु
सांकेतिक तस्बिर ।
सुन्नुहोस्

तानसेन : एचआइभी संक्रमित भई नसकेका तर सम्भावित जोखिममा भएका व्यक्तिहरूलाई भविष्यमा  एचआइभी संक्रमण हुनबाट बचाउने सरल प्रेप उपचार विधि पाल्पामा सुरु भएको छ।  

नेपाल परिवार नियोजन संघ पाल्पाले यो सेवा सुरु गरेपछि ९ जनाले सेवा लिइरहेका छन्। दुई दर्जन बढी जोखिममा रहेका व्यक्तिहरूको पहिचानको काम भइरहेको छ। 

अहिले नेपालको सुनसरी र पाल्पाबाट मात्र प्रेप उपचार विधि सुरु भएको छ।  मध्य नेपालको नारायणगढदेखि पश्चिमका सबै क्षेत्र, छिमेकी मुलुक भारत उत्तर प्रदेश र विहारसम्मका सम्भावित जोखिममा रहेका व्यक्तिहरूलाई लक्षित गरेर संघले सरल प्रेप उपचार विधि सुरु गरेको हो। 

एउटै घरपरिवारको श्रीमान र श्रीमती मध्ये एक जना एचआईभी संक्रमित भएको तर अर्का यौन साथी संक्रमित नभइ जोखिमको अवस्थामा रहेका व्यक्तिलाई विधि प्रभावकारी हुने संघ पाल्पाका प्रबन्धक सोवाकान्त न्यौपानेले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.