अन्नपूर्णकर्मी कार्कीको नेतृत्वमा सिजमा नयाँ कार्यसमिति
काठमाडौं : नेपाल पूर्वाधार पत्रकार समाज (सिज)ले अन्नपूर्णकर्मी सुनिता कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शुक्रबार सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो।
समाजको अध्यक्षमा सुनिता कार्की कोइराला निर्विरोध निर्वाचित भएकी हुन्। उपाध्यक्षमा विमल खतिवडा, सचिवमा दिनेश खड्का, सहसचिवमा प्रशन्न ढुंगाना, कोषाध्यक्षमा हिमा विश्वकर्मा निर्विरोध चुनिएका छन्।
सदस्यहरूमा विष्णु राइगाईं, आशुतोष अर्याल, सर्मिला न्यौपाने, धना ढकाल, निर्दोष घोरसाइने र पवन तिमिल्सिना चयन भएका छन्।