गाडीको ठक्करबाट पदैलयात्रीको मृत्यु
दोलखा : दोलखाको भिमेश्वर नगरपालिकामा हाइलक्स गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गाडीको ठक्करबाट भीमेश्वर नगरपालिका-५ चोथाङका ५४ वर्षीय ज्ञान बहादुर तामाङको मृत्यु भएको हो।
सिन्धुपाल्चोकबाट दोलखा आउँदै गरेको प्रदेश नम्बर ३०१–०२४ च २६०४ नम्बरको हाइलक्सले भिमेश्वर नगरपालिका –६ महादेव खोलामा उनलाई ठक्कर दिएको थियो।
घाइतेलाई उपचारका लागि चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालमा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालय दोलखाले जनाएको छ।
शव पोस्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पताल ल्याइएको छ। गाडी चालक लिशंखु पाखर–७ बस्दै आएका ५३ वर्षीय जेठा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।