विस्फोटक पदार्थ पड्किँदा पाल्पामा एक जनाको मृत्यु
तानसेन : विस्फोटक पदार्थ पड्किँदा पाल्पामा एक जनाको मृत्यु भएको छ। तिनाउ गाउँपालिका-२ दोभानमा विस्फोटक पदार्थ पड्किँदा सोही स्थानका २८ वर्षीय सुरज सोमैको मृत्यु भएको हो।
सडकमा मदन सोमैको घर पछाडि आँगनमा सलाईको काटीबाट माछा मार्न विस्फोटक पदार्थ बनाउने क्रममा अचानक विस्फोटन हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
विस्फोटक पदार्थ अचानक पड्किँदा घाइते भएका उनको उपचारका क्रममा बुटवल हस्पिटलमा मृत्यु भएको हो।