आज एनपीएलको फाइनल : सुदूरपश्चिमपश्चिम र जनकपुर भिड्दै, के भन्छन् कप्तान?

आज एनपीएलको फाइनल : सुदूरपश्चिमपश्चिम र जनकपुर भिड्दै, के भन्छन् कप्तान?

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा दुई चिरप्रतिद्वन्द्वी सुदूरपश्चिमपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन्। एनपीएलको पहिलो संस्करणमा यी दुई टोली तेस्रो पटक आमनेसामने हुन लागेका हुन्।  लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो। यस्तै पहिलो क्वालिफायरमा भेट हुँदा पनि सुदूरपश्चिमले आठ विकेटको जित निकालेको थियो। यी दुई टोली शनिबार एनपीएलको आकर्षक ट्रफी उचाल्न मैदानमा उत्रिँदै छन्।

सुदूरपश्चिम र जनकपुरको खेल समर्थकको सबैभन्दा प्रतीक्षाको खेल पनि हो। त्यसैले कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार बिहानैदेखि भिडभाड हुने निश्चित छ। विगतको खेल हेर्ने हो भने दर्शकदीर्घामा जनकपुरको भन्दा सुदूरपश्चिमको बाहुल्यता बढी देखिने निश्चित छ। दर्शकको बाक्लो उपस्थिति र देउडाको मज्जा। त्यसैले शनिबार त्रिवि मैदानको रौनक खेलले मात्रै तताउने छैन, दर्शकको बाक्लो उपस्थितिले गुञ्जयमान बन्नेछ।

लगातार दुई पटक निरास बनेको जनकपुर सुदूरपश्चिमविरुद्ध नयाँ रणनीति लिएर मैदान उत्रिँदैछ। जनकपुरका कप्तान आसिफ शेखले टोली नयाँ रणनीतिसहित उपाधिका लागि मैदान उत्रिने दाबी गर्छन्। ‘सुदूरपश्चिमसँगको अघिल्ला दुई खेल हाम्रो पक्षमा थिएन। यो कुरा हामीले राम्रोसँग बुझेका छौं’, आसिफले भने, ‘फाइनलमा पुगेपछि विगतको प्रदर्शनले खासै अर्थ राख्दैनन्। विगतमा जे भयो भयो, जसरी पनि उपाधि जित्न नयाँ रणनीतिसहित मैदानमा उत्रिने छौं।’ जनकपुरको शीर्ष ब्याटिङ क्रमले खासै प्रभाव देखाउन सकेको छैन। 

माथिल्ला क्रमका खेलाडी छिटो पेभेलियन फर्किंदा त्यसको दबाब मध्य र तल्लो क्रममा खेलाडीले भोग्नु परिरहेको छ। सुदूरपश्चिमको मुख्य चिन्ता भनेको जिमी निसम हुन्। त्यसैले उनलाई जतिसके चाँडो पेभेलियनमा पठाउने भन्ने रणनीति सुदूरले बुनेको छ। यसबाट जनकपुर सचेत हुनु जरुरी छ। लगातार दुई हारबाट जनकपुरले सिक्नुपर्ने पाठ भनेको ब्याटिङ नै हो। शीर्ष क्रमका ब्याटरले जिम्मेवारी बहन गर्ने र मध्यम क्रममा निसमबाहेक अरुले पनि पालि सम्हाल्ने हो भने जनकपुरलाई पराजित गर्न सुदूरपश्चिमलाई हम्मेहम्मे नै पर्छ। बलिङमा ललित राजवंशीले आफ्नो जादु देखाइरहेका छन्। उनले सुदूरपश्चिमका स्कट केगुलेइनलाई पछ्याइरहेका छन्। स्कट र ललित दुवै १६ विकेटसहित शीर्ष स्थानमा छन्। ललितलाई हर्ष थाकर, शेर मल्ल र किशोर महतोले साथ दिनु जरुरी छ। 

जनकपुरसँगको दुई खेलमा सहज जित निकालेको सुदूरपश्चिमको मनोबल उच्च भए पनि टोली फाइनलका लागि सचेत रहेको कप्तान दीपेन्द्रसिंह ऐरी बताउँछन्। ‘हामीले जनकपुरलाई यसअघि दुई चोटी हराएका थियौं। तर, पनि हामी जनकपुरलाई सहज रुपमा लिँदैनौं। जनकपुर पनि निकै बलियो टोली हो’, दीपेन्द्रले भने, ‘लगातार दुई खेल पराजित गरेकाले आफ्नो मनोबल भने उच्च छ। हामी त्यही मनोभाव लिएर मैदान उत्रिने छौं।’ सुदूरपश्चिम सन्तुलित टोली छ। ब्याटिङ र बलिङमा खेलाडीले उत्कृष्ट प्रदर्शन गररहेका छन्। लिग चरणमा पनि एक खेलमा मात्रै पराजय बेहोरेको सुदूरपश्चिमको अर्को महत्वपूर्ण हतियार दर्शक पनि हो। दर्शकहरूले हरेक खेलमा सुदूरपश्चिमले समर्थन गर्दै आएक छन्।  

जनकपुरसँग सचेत छौं : दीपेन्द्र

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले फाइनल प्रतिद्वन्द्वी जनकपुर बोल्ट्ससँग सचेत रहेको बताएका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबमार हुने नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल अघिको पत्रकार सम्मेलनमा बोल्दै दीपेन्द्रले जनकपुरसँग आफूहरू सचेत भएर खेल्ने बताएका हुन्।‘हामीले जनकपुरलाई यसअघि दुई चोटी हराएका थियौं। तर, पनि हामी जनकपुरलाई सहज रुपमा लिँदैनौं। जनकपुर पनि निकै बलियो टोली हो’, दीपेन्द्रले भने, ‘लगातार दुई खेल पराजित गरेकाले आफ्नो मनोबल भने उच्च छ। हामी त्यही मनोभाव लिएर मैदान उत्रिने छौं।’ उनले सुदूरपश्चिम उत्कृष्ट फर्ममा रहेकाले त्यसैलाई फाइनलमा पनि निरन्तरता दिने बताए।

हामी आफ्नो उत्कृष्ट दिन्छौं : आसिफ

जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले फाइनलमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरे। ‘सुदूरपश्चिमसँगको अघिल्ला दुई खेल हाम्रो पक्षमा थिएन। यो कुरा हामीले राम्रोसँग बुझेका छौं’, आसिफले भने, ‘फाइनलमा पुगेपछि विगतको प्रदर्शनले खासै अर्थ राख्दैनन्। विगतमा जे भयो भयो, जसरी पनि उपाधि जित्न नयाँ रणनीतिसहित मैदानमा उत्रिने छौं।’ उनले सुदूरपश्चिमगसँग बदला लिनका लागि नभई उपाधि जित्न मैदान उत्रिने बताए। ‘हामी बदला लिने भावना बोकेर मैदानमा उत्रिँदैनौं। सुदूरपश्चिमसँगको दुवै खेलमा हामीले राम्रो प्रदर्शन गर्न सकेनौं। त्यो हारको समीक्षा गरेका छौं। हामी उत्कृष्ट क्रिकेट खेल्न चाहन्छौं। अघिल्ला दुई खेलमा हारबाट पाठ सिकेका छौं। आत्तिएका छैनौं’, आसिफले भने, ‘हामीले पछिल्ला दुई खेलमा हाम्रो राम्रो ब्याटिङ चल्न सकेन। हामीसँग अनुभवी र युवा खेलाडीको कमी छैन। त्यसैले फाइनलमा सुधारिएको ब्याटिङ  गछौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.