एक लाख बढीले हेरे एनपीएल

एक लाख बढीले हेरे एनपीएल
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) का खेल अहिलेसम्म एक लाख बढीले कीर्तिपुरस्थित त्रिवि मैदानमा पुगेर हेरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबारसम्म एक लाखभन्दा बढीले एनपीएलका खेल प्रत्यक्ष उपस्थित भएर हेरेको जनाएको छ। ‘एनपीएलका खेल अहिलेसम्म एक लाख बढी दर्शकले मैदानमै उपस्थित भएर हेरेका छन्। हामीले सोचेभन्दा दर्शकको उपस्थिति धेरै राम्रो छ’, क्यानका प्रवक्ता तथा केन्द्रीय सदस्य छुम्बी लामाले भने। 

क्यानले चार प्रकारका टिकट दर निर्धारण गरेको थियो। जसमा उद्घाटन, लिग, प्लेअफ र फाइनलका भिन्दाभिन्दै दरमा टिकटको मूल्य तोकिएको थियो। उद्घाटन खेलका लागि साधारणतर्फ तीन सय र भीआईपीतर्फ सात सय रुपैयाँ तोकिएको थियो। यसैगरी अन्य लिग खेलका लागि साधारणतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ मूल्य तोकिएको थियो। यस्तै प्लेअफका खेलमा पाँच सय र सात सय तथा फाइनलका लागि साधारणतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ मूल्य तोकिएको छ। यसैगरी दर्शकले चार हजार चार सय ८० रुपैयाँमा साधारण र आठ हजार दुई सय ४० रुपैयाँमा भीआईपीतर्फको सिजनल टिकट पनि खरिद गर्न सकिने व्यवस्था क्यानले गरेको थियो। क्यानले भीआईपीतर्फ बढीमा एक हजार दुई सय र साधारणतर्फ १० हजारसम्म टिकट बेच्ने जनाएको थियो। बिहीबारसम्म एनपीएल सुरु भएको १७ दिन भएको छ भने ३२ मध्ये ३१ खेल सम्पन्न भइसकेको छ। यस अवधिमा सरदर आठ हजार पाँच सय भीआईपी र ९१ हजार पाँच सयले साधारणतर्फको टिकट काटेको क्यानको अनुमान छ। जसमध्ये भीआईपीतर्फ ४२ लाख ५० हजार र साधारणतर्फ दुई करोड ७४ लाख ५० हजार रुपैयाँ गरी तीन करोड १७ लाख रुपैयाँको टिकट बिक्री भएको क्यानको अनुमान छ। क्यानका प्रवक्ता लामाले प्रतियोगिता सकिएपछि सम्पूर्ण खर्चको हिसाब सार्वजनिक गरिने बताए। ‘हामी प्रतियोगिता सकिएपछि सम्पूर्ण खर्चको हिसाब सार्वजनिक गर्छौं’, प्रवक्ता लामाले भने, ‘टिकट बिक्रीाट सोचेभन्दा धेरै राम्रो कमाई भएको छ।’

क्यानले टिकट बिक्रीको ५० प्रतिशत रकम एनपीएलमा सहभागी आठ वटै फेन्चाइज टोलीलाई दामासाहीले वितरण गर्ने जनाएको छ। क्यानले फेन्चाइज टोली बिक्रीबाट करिब १७ करोड र कमर्सियल राइट बिक्रीबाट पाँच करोड रुपैयाँ आम्दानी गरेको थियो। यसैबीच शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको फाइनल खेलको पनि टिकट सोल्डआउट भएको क्यानले जनाएको छ। बिहीबार साँझ खुला गरिएको अनलाइन टिकट बिक्री केही समयमै सकिएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.