१९ महिनापछि पत्रकार महासंघ गुल्मीमा लागेको ताला खुल्यो

१९ महिनापछि पत्रकार महासंघ गुल्मीमा लागेको ताला खुल्यो
सुन्नुहोस्

गुल्मी : नेपाल पत्रकार महासंघ गुल्मी शाखामा लगाइएको ताला बिहीबार खुलेको छ। विगत १९ महिनादेखि सदस्यता विवादका कारण लागेको ताला बिहीबार दुवै पक्षको सहमतिपछि खुलेको हो। पत्रकारको सदस्यता सुदृढीकरणको विषयलाई लिएर महासंघको सदस्यताबाट हटाइएकाहरूले गुल्मी शाखाको कार्यालयमा असार २०८० मा ताला लगाएका थिए। लामो समयदेखि कार्यालयमा ताला लागेपछि शाखाका बैठक तथा कार्यालयका कामकाज रोकिएका थिए भने सातौं अधिवेशनसमेत हुन सकेको थिएन।

बिनाकारण आफूहरूको सदस्यता हटाइएको भन्दै उनीहरूले कार्यालयमा ताला लगाएका थिए। नेपाल पत्रकार महासंंघको २०७९ पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाबाट महासंघका महासचिव रोशन पुरीको संयोजकत्वमा ‘सदस्यता शुद्धीकरण समिति’ निर्माण गरिएको थियो। सदस्यताको विषयमा भएको विवादका कारण देशभरका केही शाखामा केही आन्दोलनरत पत्रकारले नै तालाबन्दी गरेका थिए। प्रायः ठाउँमा सहमतिपछि ताला खुले पनि गुल्मीमा भने हालसम्म खुल्न सकेको थिएन।

निवर्तमान कार्यसमितिले ताला खुलाउने विषयमा चासो दिएपछि सहमति जुट्न नसक्दा कार्यालयमा महिनौं बितिसक्दासमेत ताला लागिरहेको थियो। सुदृढीकरणको मापदण्डअनुसार निवर्तमान अध्यक्ष टोपलाल अर्याल नेतृत्वको कार्य समितिले बनाएको कार्यदलले क्रियाशील नभएका, भए पनि सरकारी शिक्षकलगायत विभिन्न पेसा र राजनीतिमा सक्रिय भएकाहरूलाई सदस्यताबाट हटाउने सिफारिस गरेको थियो।

सुदृढीकरण अभियान अघि गुल्मीमा सदस्यता लिएका पत्रकारहरूको संख्या ६३ जना थियो। तर, शुद्धीकरणपछि हाल गुल्मीमा २५ जना साधारण सदस्य छन्। गत मंसिर २८ गते सम्पन्न निर्वाचनबाट नेपाल पत्रकार महासंघ गुल्मीको नेतृत्व नयाँ कार्यसमितिमा आएको छ। नवनिर्वाचित अध्यक्ष अनिल खत्रीको नयाँ कार्यसमितिले कार्यालयमा लागेको तालाको विषयमा पटकपटक छलफल गर्दै आएको थियो। गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीमा खत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो। नवनिर्वाचित कार्यसमितिले महासंघको कार्यालयमा लागेको ताला खुलाउन आन्दोलनरत पक्षसँग निरन्तर संवाद गरेपछि ताला खुलेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका सचिव सन्तोष महताराले जानकारी दिए।

लामो समयदेखि पत्रकारिताको क्षेत्रमा क्रियाशील भएका तर विशेष कारणले छुटेकाले महासंघको मापदण्ड पूरा गरेको अवस्थामा क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्नेगरी सहमति भएको सचिव महताराले बताए। तालाबन्दीकै कारण नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण गर्नसमेत रोकिएको छ। नयाँ कार्यसमितिको पहलमा ताला खुले लगत्तै महासंघले पदभारको कार्यक्रम गर्ने तयारी गरेको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका नवनिर्वाचित अध्यक्ष अनिल खत्रीले आन्दोलनरत पक्षको स्वागतयोग्य निर्णयलाई उच्च सम्मान गर्दै अब महासंघले सहमति, सहकार्य र एकताबाटै काम गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.