‘द वन्डरल्यान्ड विन्टर’ कार्निभल कार्यक्रम हुने घोषणा

‘द वन्डरल्यान्ड विन्टर’ कार्निभल कार्यक्रम हुने घोषणा
सुन्नुहोस्

ललितपुर : द वन्डरल्यान्ड गेम जोनले वन्डरल्यान्ड विन्टर घोषणा गरेको छ। कार्निभल कार्यक्रम डिसेम्बर २४ देखि जनवरी १ सम्म हुनेछ। यहाँ परिवार र साथीहरूसँग आउन सकिने छ। जहाँ हामी अतिरिक्त खेलहरू, मस्कट परेड, सान्ता क्लॉजको उपस्थिति, बिगो सत्र, लक्की ड्रा खेल प्रतियोगिता, खाने चुनौती, लाइभ ब्यान्ड, संगीत प्रस्तुतिहरू, डिस्को नाइट जस्ता रोमाञ्चक गतिविधिहरू हुनेछ। 

यही कार्यक्रम अन्तरगत वन्डरल्यान्डको एक वर्षको सफलता मनाउनका लागि पनि उपस्थित भएको र यो एक वर्षको अवधिमा वन्डरल्यान्डले मात्र एक उत्कृष्ट मनोरञ्जन स्थलको रूपमा आफ्नो स्थान बनाउन सफल भएको छ। वन्डरल्यान्डले देशभरि लोकप्रियता प्राप्त गर्दै सबै उमेरका मानिसहरूको मन जित्न पनि सफल भएको छ।

यो कर्निभल एक वर्षमा प्राप्त गरेको सफलताको उत्सव मनाउँदै भविष्यमा पनि वन्डरल्यान्डमा यस्ता उत्सव र मनोरन्जनात्मक कार्यक्रमहरूको आयोजना गर्ने घोषणा साथै विभिन्न कार्यक्रम मार्फत झन सशक्त र सुधार गर्दै जानेछ।

नेपालको एक शीर्ष रमाइलो पार्क वन्डरल्याण्ड नेपालमा हरेक उमेर समूहका लागि रमाईलो आकर्षणहरू प्रदान गर्न सफल भएको छ। यहाँ थ्रिल राइड्सदेखि लिएर पूर्णतः डुब्दो भर्चुअल रियालिटी अनुभवसम्म सबैका लागि आकर्षक गतिविधिहरू उपलब्ध छन्। गो कार्टिङ, Virtual reality, motorized zipline, projection bowling, trampoline outdoor rides, arcade गेम्सजस्ता सुरक्षित र रोमाञ्चक गतिविधिहरूले परिवारलाई अविस्मरणीय यादहरू सिर्जना गर्न सहयोग पुर्याएका छन्।

मनोरञ्जनको खोजी गर्ने नेपाली र पर्यटकहरूका लागि वन्डरल्यान्ड नेपालले उत्कृष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ। चाहे निजी कार्यक्रमको आयोजना गर्न चाहना होस वा रोमाञ्चक साहसिक दिन बिताउने योजना बनाउन, वन्डरल्यान्डले हरेक पललाई उत्सवमा बदलिदिएको छ। 

अहिलेसम्म वन्डरल्यान्ड ले नेपालमा “NWC MMA” प्रतियोगिता र “God is Woman" कन्सट सफलतापूर्वक आयोजना गरिसकेको छ। यी सबै कार्यक्रमहरूले वन्डरल्यान्ड नेपालमा आगन्तुकहरूलाई विशेष अनुभव र अविस्मरणीय यादहरू दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.