सेलिब्रेसन

च्याम्पियन बनेसँगै जनकपुर बोल्ट्सका खेलाडीको खुसी (तस्बिर)

च्याम्पियन बनेसँगै जनकपुर बोल्ट्सका खेलाडीको खुसी (तस्बिर)
तस्बिर : एनपीएल

काठमाडौं : नेपाल प्रिमियर लिगको च्याम्पियन जनकपुर बोल्ट्स बनेको छ। सुदूरपश्चिम रोयल्सविरुद्ध ५ विकेटले जित हात पार्दै जनकपुरले पहिलो सिजनमै उपाधि हात पारेको हो।

null

सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो। जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले सर्वाधिक ८७ रन बनाए। उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। यो सँगै मिलान्था प्रतियोगिताकै सर्वाधिक रन जोड्ने खेलाडी बनेका छन्। उनले १० इनिङ्समा २ अर्धशतक सहित २९३ रन बनाए। null

जनकपुरको जितसँगै खेलाडी र समर्थकहरूले त्रिवि क्रिकेट मैदानमा उत्सव मनाएका छन्। जितसँगै जनकपुर बोल्ट्सले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ । उपविजेता सुदूरपश्चिम ५१ लाख, तेस्रो भएको कर्णाली याक्स २५ लाख, चौथो भएको चितवन राईनोजलाई १५ लाख पुरस्कार पाएका छन्। null

यता नेपाल प्रिमियर लिगको उत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन्।  एनपीएलको उपाधि जित्न चुकेका ऐरीले कार जितेका हुन्। उनले ओमोडा एण्ड जेइको ब्रान्डको ओमोडा गाडी जितेका हुन्। उनले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे।

त्यस्तै जनकपुर बोल्ट्सका ललित राजबंशीले मोटरसाइकल जितेका छन्। एनपीएलमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी ललितले मोटरसाइकल जितेका हुन्। 

nullnullnullnullnullnullnull

तस्बिर : एनपीएल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.