सहकारी ठगी प्रकरण

रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा अभियोग पत्र पेश

रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा अभियोग पत्र पेश
सांकेतिक तस्बिर।

पोखरा : पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृमन्त्री रवि लामिछानेविरुद्ध अदालतमा अभियोग पत्र पेश भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग पत्र पेश गरेको हो। अहिले मुद्दा दर्ताको क्रममा रहेको छ।

मुद्दा दर्ताका लागि लामिछानेलाई बिहान अदालतमा उपस्थित गराइएको थियो।

यसअघि पुस १ गते कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदन अध्ययन गरी सरकारी वकिलको कार्यालयले आज अदालतमा लामिछानेविरुद्ध अभियोग दायर गरेको हो।

सहकारीको रकम अपचलनको अभियोगमा उनीसँगै गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआई छविलाल जोशी,लीला पछाई,रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरुद्ध अभियोग दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ। प्रतिवेदनमा लामिछाने,पूर्वडीआईजी जोशीलगायतसँग डेढ अर्ब रुपैयाँ बिगो असुल र सहकार ठगी,संगठित अपराध र सम्पत्ती शुद्धिकरणमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ।

लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद,संगठित अपराधमा ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धिकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने  प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

सहकारी ठगीमा सामूहिक बिगो १ करोड ६२ लाख ,व्यक्तिगत बिगो १ करोड ७५ लाख सहित सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख रुपैयाँ  बिगो कायम गर्नुपर्ने अनुसन्धान प्रतिवेदनमा छ।

सहकारी ठगीका मुख्य योजनाकार भनिएका जीवी राईलाई संगठित अपराध,सम्पत्ति शुद्धिकरण कसूरमा मुद्दा चलाइएको छ।

सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए।  सहकारी ठगी प्रकरणमा लामिछानेसहित अन्य चारजनाविरुद्ध पाँच जिल्लामा उजुरी परेको थियो।  सोही उजुरीका आधारमा लामिछानेसहित अन्य चारैजनालाई कास्की,चितवन,काठमाडौं,रुपन्देही र पर्सा पुर्‍याएर बयान लिएको थियो। 

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आएको र उक्त रकम खर्च गर्ने प्रक्रियामा लामिछानेसमेतको सहभागिता देखिएको छानबिन विशेष समितिले ठहर गरेको थियो। तर,लामिछानेले देशभरका कुनै पनि सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नता नभएको दावी गर्दै आएका छन्। 

गोरखा मिडिया नेटवर्कमा देशभरिका ९ वटा सहकारीको रकम अपचलन भएको समितिले निष्कर्ष निकाले थियो। प्रतिवेदनमा उल्लेख भएअनुसार गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी,चितवनको सहारा,वीरगन्जको सानोपाइलाको रकम अपचलन भएको छ। त्यस्तै इमेज,समानता, सुमेरू र आइएमईबाट पनि गोरखा मिडियामा रकम अपचलन भएको प्रतिवेदनमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.