हुवावे नेपाल प्रदर्शनी केन्द्रको उद्घाटन
काठमाडौँ : हुवावे नेपालले आइतबार हुवावे टावर हात्तिसारमा हुवावे नेपाल प्रदर्शनी केन्द्रको उद्घाटन गरेको छ। नेपालका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदर्शनी केन्द्रको उद्घाटन गरे।
यो प्रदर्शनी केन्द्रले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा पछिल्ला प्रवृत्तिहरू र अभ्यासलाई प्रदर्शित गर्ने एक महत्वपूर्ण केन्द्रको रूपमा काम गर्नेछ।
हुवावेको प्रमुख सामाजिक पहल ‘सीड्सफर द फ्युचर’ २०२४ को समापन समारोह आयोजना गरिएको थियो। यसको उद्देश्य नेपालका युवाहरूलाई आईसीटी शिक्षा र नवप्रवर्तनमार्फत सशक्त बनाउनु हो।
नेपालको डिजिटल रूपान्तरणमा ह्वावे नेपालको योगदानको २५ वर्ष पूरा भएकोमा अवसरले पनि विशेष महत्व राखेको छ।