साई स्वागत सहकारी ठगी प्रकरण : पूर्वअध्यक्ष भरतमणि जंगम पक्राउ

साई स्वागत सहकारी ठगी प्रकरण : पूर्वअध्यक्ष भरतमणि जंगम पक्राउ

काठमाडौं : सहकारी ठगी प्रकरणमा भरत जंगम पक्राउ परेका छन्। साई स्वागत बचत तथा क्रण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष भरतमणि जंगमसमेत भएको सहकारी मुद्दामा अनुसन्धान गर्नका लागि उनलाई पक्राउ गरिएको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनलाई आइतबार दिउँसो २ बजे काठमाडौं १० बिजुलीबजारबाट पक्राउ गरिएको हो। उनीविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ। सैली थापाको जाहेरीले नेपाल सरकार प्रतिवादी भएको मुद्दामा काठमाडौं ३ बासबारीमा रहेको साई स्वागत तथा बचत ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ। 
उनीसँगै सोही सहकारीको तत्कालीन कोषाध्यक्ष लुमन दाहाल पनि पक्राउ परेका छन्। दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। अनुसन्धान गर्नका लागि उनीहरूलाई जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.