आजदेखि पश्चिमबाट हिउँदे वर्षा सुरु हुँदै, हिमाली क्षेत्रमा हिमपात
काठमाडौं : नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझबाट सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा तथा सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ महाशाखाको भनाई छ।
महाशाखाको बुलेटिनमा काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको उल्लेख छ। यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आउने, त्यो विशेष गरी पश्चिम नेपालमा मात्र रहने महाशाखाले जनाएको छ।
तराई र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो पनि लागेको छ। यसैगरी उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुँदा जाडो बढ्ने र जनजीवन प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।