मानव अधिकारकर्मी सुनिता दनुवारको निधन
काठमाडौं : मानव बेचबिखनविरुद्धकी अभियन्ता तथा शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारको निधन भएको छ। आइतबार बिहान जोरपाटीस्थित निवासमा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
बेहोस अवस्थामा ओछ्यानमा भेटिएकी उनलाई उपचारका लागि अस्पताल पुर्याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेको थियो।
उनी अमेरिकी विदेश मन्त्रालयबाट सन् २०१८ मा 'टिप हिरो'को रुपमा सम्मानित भएकी थिइन्। उनी लामो समयदेखि मानव बेचबिखन अभियानमा सक्रिय थिइन्।