राष्ट्रपतिसमक्ष पाँच राजदूतले लिए शपथ
काठमाडौं : नवनियुक्त पाँच देशका राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार शीतलनिवासमा आयोजित समारोहमा
राष्ट्रपति पौडेसमपक्ष नवनियुक्त राजदूत रुसी महासंघका जंगबहादुर चौहान, संयुक्त अधिराज्यका चन्द्रकान्त घिमिरे, स्पेनका शनिल नेपाल, गणतन्त्र कोरियाका डा.शिवमाया तुम्बाहाङफे र गणतन्त्र भारतका डा.शंकर प्रसाद शर्माले शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
शपथ समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको जनाइएको छ।