अन्नपूर्णको जलवायु परिर्वतनको अभियानमा शिलशिलाको सहकार्य
काठमाडौं : जलवायु परिर्वतनका बारेमा सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले सञ्चालन गरिरहेको ‘युनिटी फर सस्टेनाविलिटी’ अभियानमा बीबीसी १०० प्रभावशाली महिलामा नेपालबाट पर्न सफल भएकी शिलशिला आर्चाय जोडिएकी छिन् । सोमबार अन्नपूर्ण मिडिया नेटवर्कको तीनकुनेस्थित हेडक्वाटरमा आयोजित समारोहमा सहकार्य सम्झौता भएको हो।
सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र अभ्नी दिगोपना केन्द्रकी निर्देशक सह-संस्थापक आर्चायले हस्ताक्षर गरेका हुन्। आर्चायले नेतृत्व गरेको अभ्नी दिगोपना केन्द्र गैरनाफामुलक संस्था हो । यसले आगामी ५ वर्ष भित्रमा नेपालका हरेक क्षेत्रबाट प्रतिनिधित्व हुने गरी एक लाख जना क्लाइमेट लिडरहरू तयार गर्ने अभियानमा जुटिरहेको छ ।
‘हाम्रो पुस्ताले लामो समयदेखि उठाइरहेको वातावरण जलवायु संकटको मुद्दालाई अझै बुलन्द बनाउन नेपालकै लिडिङ मिडिया हाउससँग सहकार्य गर्न पाउँदा खुसी लागेको छ,'आर्चायले भनिन्, ‘अब जलवायुको मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउने यो सहकार्यले अतुलनीय भूमिका खेल्नेछ ।’
‘अन्तर्राष्ट्रियरुपमा प्रतिष्ठित मिडिया बीबीसीको १०० प्रभावशाली महिला भित्र पर्न सफल आर्चाय हामीले सुरु गरिरहेको ‘युनिटी फर सस्टेनाविलिटी’अभियानमा जोडिनु हाम्रा लागि राम्रो कुरा हो,'अन्नपूर्ण मिडिया नेटवर्कमा महाप्रबन्धक मनोज बस्नेतले बताए ।