‘आईटीसम्बन्धी केही काम छ ? ‘टेक इन्टिग्रेटर्सलाई सम्झे हुन्छ’

‘आईटीसम्बन्धी केही काम छ ? ‘टेक इन्टिग्रेटर्सलाई सम्झे हुन्छ’

काठमाडौं : आजको डिजिटल युगमा कुनै पनि व्यवसाय सुरु गर्दा वेबसाइट निर्माण, डिजिटल मार्केटिङ, इमेल सर्भिस, भ्वाइस ओभर आईपी, क्लाउड सर्भिस, व्यावसायिक सफ्टवेयर र अन्य धेरै सेवा आवश्यक पर्छ। यी सेवाहरूका लागि छुट्टाछुट्टै कम्पनी वा भेन्डर खोज्दा समय र पैसा दुवै खेर जान सक्छ। तर, यही झन्झट नहोस् भन्ने हेतुका साथ टेक इन्टिग्रेट्रसले काम सुरु गरेको छ।

टेक इन्टिग्रेटर्सले कुनै पनि व्यवसाय सञ्चालन गर्न आवश्यक सम्पूर्ण आईटी सेवाहरू एउटै छानामुनि प्रदान गर्छ। व्यवसायले प्रायः विभिन्न कामका लागि छुट्टाछुट्टै टेक्निकल पार्टनर र भेन्डरहरूमा निर्भर हुनुपर्ने समस्यालाई समाधान गर्न टेक इन्टिग्रेटर्स स्थापना गरिएको हो। हाम्रो उद्देश्य भनेको व्यवसायका लागि समय र स्रोत बचाउँदै झन्झटलाई न्यून गर्नु हो।

हामीसँग आफ्नै प्रोप्राइटरी प्रोडक्टहरू छन्, जस्तैः टीआई पोस्ली, जसले व्यवसायका लागि डिजिटल प्लेटफर्म र व्यवस्थापन गर्न समाधान प्रदान गर्छ; टीआई स्कुल, विद्यालयका लागि स्कुल म्यानेजमेन्ट प्रणाली र वेबसाइट सुविधा दिन्छ र टीआई सीआरएम, जसले ग्राहक व्यवस्थापनलाई प्रभावकारी बनाउँछ। साथै, हामीले टीआई क्लाउड सर्भिसेस् र लट सोलुसन्स् पनि उपलब्ध गराएका छौं, जसले व्यवसायका लागि सुरक्षित क्लाउड सेवा र घरको अटोमेसन गर्न समाधान प्रदान गर्छ। यसका साथै, टेक इन्टिग्रेटर्सले वेबसाइट र मोबाइल एप विकास, डिजिटल मार्केटिङ, साइबर सुरक्षा, डेटा विश्लेषण, ईआरपी समाधान, आईटी परामर्श, र नेटवर्क व्यवस्थापनजस्ता सेवाहरू पनि प्रदान गर्दछ। कुनै पनि व्यवसायको सबै खाले आईटी आवश्यकता पूरा गर्नका लागि एक मात्र विश्वसनीय गन्तव्य बन्ने लक्ष्यका साथ अघि बढिरहेको कम्पनीका संस्थापकको भनाइ छ। null

फउन्डर चिफ सौगात नेपाल भन्छन्, ‘हाल हामीले चार वटा प्रोडक्टहरूलाई फोकस गरेर अघि बढेका छौं, हामीसँग यीबाहेक अरू १०, १२ वटा प्रोडक्टहरू छन्। जुन बिस्तारै लन्च हुने क्रममा छन्। हामी यी प्रोडक्टहरूलाई पनि अहिलेको प्रोडक्टको जस्तै गरी लैजाने छौं।’ 
सफ्टवेयर निर्माणमा बजारमा एक खालको लुट नै मच्चिएको छ। सफ्टवेयर बनाएर जसलाई जति मन लाग्यो, त्यतिमा बेचिरहेका हुन्छन्। सफ्टवेयर निर्माणमा कुनै रेगुलेसन छैन, त्यसैले आफ्नै मर्जीले सफ्टवेयर बेचिरहेका हुन्छन्। यी यस्तै यावत् समस्याहरूलाई हटाउन टेक इन्टिग्रेट्रसको आवश्यक भएको नेपाल बताउँछन्। ‘सफ्टवेयर निर्माण सम्बन्धमा कुनै पनि नियम कानुन नै छैन। सफ्टवेयर बनायो, अनि जतिमा मन लाग्छ उतिमै बेच्यो। कुनै रोगुलेसन छैन। जसले पनि लुटिरहेको छ। पैसाकै कारण हुने अवरोध हटाउन र कुनै पनि कम्पनी अन्तिममा गएर आईटीमा जानै पर्ने भएकाले आवश्यकता भएको हो।’ 

यस्तै टेक इन्टिग्रेट्रसमा हाल १९ जनाले सेवा दिइरहेका छन्। साथै कम्पनीले ग्राहकको समस्या समाधान गर्न २४सै घण्टा सेवा दिएर प्रोडक्ट र सर्भिसलाई थप विश्वसनीय बनाउन लागि परिरहेका छन्। हाल बजारमा केही सफ्टवेयरहरू त छन् तर उहाँहरूको ग्राहक सहायतामा नै प्रमुख समस्या छ। तर, टेक इन्टिग्रेट्रसले ग्राहक सहायतालाई मध्यनजर गर्दै २४ घण्टा सेवा दिइरहेको छ, भने ग्राहकलाई कुनै पनि प्रोडक्ट लिने या नलिने छान्नका लागि दुई सातासम्म निःशुल्क ट्रायलका रुपमा प्रयोग गर्न पाइनेछ। 

स्टार्टअपका समस्या ? 
कुनै पनि कम्पनी सुरुवात गर्न वडा नगरपालिकादेखि लिएर कम्पनी रजिस्टारसम्म, राजस्व कार्यालय आदि सबैमा पुग्नुपर्छ। जसकारण कम्पनीहरू अरूमा निर्भर हुन बाध्य हुन्छन्। स्टाटअपमा आएका कम्पनीसँग धेरै म्यानपावर हँुदैनन्। जसले गर्दा समस्या त हुन्छ नै तर, कम्पनी दर्ता गराउन हुने झन्झटदेखि बजारमा विश्वास नहुने हुँदा समस्या हुने गरेको नेपाल बताउँछन्। 

‘हामी त भर्खर बजारमा आएका हुन्छौं, म्यानपावर पनि धेरै हुन्न, त्यसमाथि हामीसँग खुबी हुँदाहुँदैसमेत बजारले विश्वास गर्दैनन्,’ उनले भने, ‘योबाहेक मार्केटमा पैसा नउठ्नेलगायत कानुनी प्रक्रियाका समस्याहरू धेरै छन्। ’ 

यस्तै उनी स्टार्टअप गर्न चाहनेलाई सर्वप्रथम आफूमा विश्वास हुनुपर्ने र यो समयसम्म यो ठाउँमा पुग्छु भन्ने सोचका साथ अघि बढ्नुपर्ने बताउँछन्। ‘स्टाटअप हो समस्या धेरै हुन्छन्, सबैभन्दा पहिला घरपरिवारलाई मनाएर काम गर्न सक्नुपर्छ। आफ्नो बलियो गोल सेट गर्नुपर्छ। चाहे त्यो आर्थिक होस् या म्यानपावर। म यो समयसम्म यो ठाउँसम्म पुग्छु भन्ने गोल राख्नुपर्छ र अघि बढ्नुपर्छ।’ 

यस्तै कम्पनीका चिफ अपरेसन अफिसर, राजन भट्ट पनि आईटी क्षेत्रमा हुने गरेका विभिन्न समस्याहरूलाई मध्यनजर गर्दै सस्टेनेबल बिजनेसमा जानै पर्ने आवश्यकता भएकाले टेक इन्टिग्रेट्रसको स्थापना गरिएको बताउँछन्। भट्ट भन्छन्, ‘सफ्टवयेर डेभलपमा धेरै समस्या छन्। कुनै प्रोडक्टको फिक्स रेट नै छैन, न कुनै बेस लेभल प्राइसिङलाई यसले धेरै समस्या भएका छन्। त्यसमाथि मल्टिपल भेन्डर डिपेन्डेन्सी त कति छ कति छ,’ उनले भने, ‘हामीले यही समस्यालाई हटाउन र कम गर्न टेक इन्टिग्रेट्रस ल्याएका छौँ।’ 

यस्तै कम्पनीका, बिजनेश डेभलपमेन्ट हेड, श्रीयांशराज नेपाल मल्टिपल भेन्डर डिपेन्डेन्सीको समस्याका कारण धेरै समस्या हुने र एउटाको काम अर्कोले गर्न नजान्ने हुँदा थप समस्या हुने बताउँछन्। उनी भन्छन्, ‘कम्पनीको वेवसाइड बनाउन पर्‍यो भने, डिजाइन एउटाले, मार्केट अर्कोले, ब्रान्डिङ अर्कोले गर्ने हुँदा एउटामा समस्या हुँदा के गर्ने अर्को हाउसले थाहा पाउँदैनन्। त्यसैले यो सबै समस्या नहोस् भनेर नयाँ काम गरिरहेका छौं। यसले सबै प्रकारका भेन्डरहरूमा गएर काम गराउनु पर्ने समस्या भने पक्कै हटाउने छ।’ 

हालै मात्रै सञ्चालनमा आएको टेक इन्टिग्रेट्रसले आफुलाई ब्रान्डको रूपमा चिनाउन २४सै घण्टा सेवा दिएको उनको भनाइ छ। ‘हामी कम्पनीलाई ब्रान्डको रूपमा स्थापना गर्न गरिएको वाचाहरूलाई प्राथमिकताका साथ लागि परिरहेका छौं। जसअन्तर्गत हामी २४सैं घण्टालाई फोनमार्फत ग्राहकलाई सुविध दिइरहेका छौं। यस्तै हामी आईटीको सबै काम टेक इन्टिग्रेट्रसले गर्छ भन्ने विश्वासका साथ लागि रहेका छौं,’ उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.