आईएसएमटी एक्स्पोमा २० वटा प्रोजेक्टको प्रदर्शनी
काठमाडौं : तिनकुनेको गैरिगाउँस्थित आईएसएमटी कलेजले आईएसएमटी एक्स्पोमा विभिन्न २० वटा प्रोजेक्टको प्रदर्शनी गरिएको छ। आईटीमा अध्ययनरत विद्यार्थीहरूले बनाएको रोबोट, गेमिङ, लाई डिडेक्टर, फ्रि डिडेक्टर लगायत विभिन्न २० वटा प्रोजेक्टको प्रदर्शनी गरिएको हो।
विद्यार्थीहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई सबल र सक्षम बनाउनुका साथै विद्यार्थीहरूलाई प्रोत्साहन गर्न र उनीहरूको क्षमता प्रदर्शन गर्न कार्यक्रमको आयोजना गरेको हो।
एक्स्पोमा डा. शशांक कोइराला, रामकुमारी झाँक्री, उदय शमशेर राणा, रमेश खरेल, ऋषि धमला लगायत समाजका प्रतिष्ठित व्यक्तिहरुले अवलोकन गरेका थिए। सहभागील विद्यार्थीहरूसँग उनीहरूको प्रोजेक्टका बारेमा अन्तरक्रिया गर्नुको साथै उज्वल भविष्यको शुभकामना दिएका थिए।
कार्यक्रममा विभिन्न कलेजका शिक्षक कर्मचारी, विद्यार्थी लगायत चारहजार भन्दा बढी व्यक्तिहरुले अवलोकन गरेका थिए।
आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सुन्दरल्याण्डकै सम्बन्धनमा कलेज सञ्चालन गरि बीबीए, बीएचएम, बीएस्सी, आईटी (सीएसई), बीएस्सी(अन्स) साइबुर सेक्य्रेटी एण्ड डिजिटल फरेन्सिस र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ।