पत्रकारिता क्षेत्रलाई संकुचित पार्ने कदमविरुद्ध लडिरहनुपर्छ : पूर्व राष्ट्रपति यादव

पत्रकारिता क्षेत्रलाई संकुचित पार्ने कदमविरुद्ध लडिरहनुपर्छ : पूर्व राष्ट्रपति यादव
सुन्नुहोस्

काठमाडौं : पूर्व राष्ट्रपति डा. रामबरण यादवले पत्रकारिताको क्षेत्रलाई संकुचित पार्ने कदमविरुद्ध लडिरहनुपर्ने बताएका छन्। 

सोमबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको पद हस्तान्तरण कार्यक्रममा यादवले समावेशी समानुपातिक व्यवस्थासहितको संविधान देशमा रहेको र प्रेस स्वतन्त्रताको ग्यारेन्टी संविधानले गरेको भन्दै पत्रकारिताको क्षेत्रलाई संकुचित पार्ने कदमबिरुद्ध लडिरहनुपर्ने बताए।

पूर्वराष्ट्रपति यादवले पत्रकारिताका क्षेत्रमा लागेपछि आफ्नो धर्म निभाउनुपर्ने भन्दै आफ्नो धर्म नछाड्न सुझाव दिए। मानव सम्यताको उल्टो दिशामा हिंड्न खोजको आभाष हुने गरेको र संसारभर मानव सभ्यतामा संकट देखिएको बताए।

त्यस्तै पत्रकार महासंघकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले महासंघलाई क्रियाशिल पत्रकारको साझा संस्था बनाउने प्रतिवद्धता जनाए। पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधानका लागि अबको नेतृत्वले विशेष पहल गर्ने उनले बताए।

शर्माले सरकार, दल र अरु संरचनामा सूचना दिने प्रणाली बन्न नसकेको र सही सूचनाहरू पाउन नसक्ने समस्याहरू विद्यमान नै रहेको धारणा राखे। कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश कार्यसमिति सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.