योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज सुरु

योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज सुरु
सुन्नुहोस्

काठमाडौं : नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज २०२४ सोमबारबाट काठमाडौंमा सुरु भएको छ। 

विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्वीकृतीमा सुरु योनेक्स सनराइज नेपाल च्यालेन्ज २०२४ मा विश्वका ५ महादेशका नेपालसहित २२ देशका खेलाडीको सहभागिता रहेको छ। पुरुष/महिला एकल तथा युगल र मिक्स युगल गरी ५ विधामा प्रतिस्पर्धा हुने ब्याडमिन्टन संघले जनाएको छ।

प्रतियोगिताको सोमबार दशरथ रंगशालाको कबर्ड हलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे। सो क्रममा प्रचण्डले अन्तराष्ट्रिय प्रतियोगिताले विभिन्न देशसँगको सम्बन्ध र भाइचारा थप प्रगाढ हुने विश्वास व्यक्त गरे। 

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा खेल पूर्वाधारको विकासमा ध्यान केन्द्रित गरेको जिकिर गरे। १५ हजार अमेरिकी डलरको पुरस्कार राशी रहेको प्रतियोगितामा सबै विधाका विजेता, उपविजेता, सेमिफानालिष्ट र क्वाटरफाइनलिष्टका खेलाडीहरूले क्रमशः १२ सय डलर, ७२० डलर, ६ सय डलर र ४८० डलर प्राप्त गर्नेछन्। 

च्यालेन्जको लगतै १२ गते शुक्रबारदेखि १४ गते आइतबारसम्म योनेक्स सनराइज नेपाल जुनियर अन्तर्राष्ट्रिय सेरिज २०२४ आयोजना हुनेछ। जसमा नेपाल सहित भारत, न्यूजिल्याण्ड, मलेशिया, थाइल्याण्ड, इरान, युनाइटेड अरब इमिरेट्सका खेलाडीहरूको सहभागिता रहने संघले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.