डडेलधुरामा दुई पुरुषको मृत्यु

डडेलधुरामा दुई पुरुषको मृत्यु
सुन्नुहोस्

डडेलधुरा : डडेलधुरामा दुई जना पुरुषको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिकामा माछा मार्ने क्रममा एकजना युवकको डुबेर मृत्यु भएको हो। 

नवदुर्गा गाउँपालिका-४ मलपडास्थित सेती नदीमा माछा मार्ने क्रममा गिल्ला गाउँका २८ वर्षीय रमेश बहादुर विष्टको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आइतबार सेती नदीमा माछा मार्न पासो हाल्न गएका बिष्टको पानीमा डुबेर मृत्यु भएको कार्यालयले जनाएको छ। पानीमा डुबेका विष्टको स्थानीयले उद्धार गरी डडेलधुरा अस्पताल पुगाएका थिए। तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

यस्तै जिल्लाको भागेश्वर गाउँपालिका-३ का ४३ वर्षीय अर्जुन रावलको कुलोमा शव भेटिएको छ। प्रहरीका अनुसार उनको शव सुर्नाया गाडको कुलोमा मृत अवस्थामा भेटिएको हो। 

रावलको शव सुर्नयागाडको कुलोमा भेटिएकाले शंकास्पद छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.