चर्च ब्वाइजले उचाल्यो झापा कपको उपाधि

चर्च ब्वाइजले उचाल्यो झापा कपको उपाधि

झापा : इलाम गोल्डकपको फाइनलमा एनआरटी क्लबसँग हारको बदला लिँदै लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले झापा कपको उपाधि उचालेको छ। उपाधि उचालेसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ।

उपविजेता एनआरटीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले एनआरटीलाई ३-१ गोलअन्तरले हराउदै पहिलो संस्करणको उपाधि कब्जा गरेको हो।

गत वर्ष यही रंगशालामा आयोजित झापा गोल्डकपको छैटौँ संस्करणमा पनि चर्च ब्वाइजले उपाधि हात पारेको थियो। खेलको २१ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो। चर्च ब्वाइजका समिर तामाङले एनआरटीका डिफेन्डरको मिसपासलाई सदुपयोग गर्दै गोल गर्न सफल भए। खेलको ४३ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो। रोहन कार्कीले डिबक्समा मिलाइदिएको पासलाई डिबक्समा अनमार्क रहेका विदेशी खेलाडी अर्मान्डले गोल गरे। त्यसको लगत्तै एनआरटीले १ गोल फर्कायो। विदेशी खेलाडी कार्लोसले दिएको क्रस पासमा कप्तानसमेत रहेका अञ्जन विष्टले गोल गर्दै नतिजा १-२ बनाएका थिए।

खेलको अतिरिक्त समयमा समिर तामाङको पासमा अर्मान्डले गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित पारे। खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका समिर तामाङ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन विष्ट, झापा ट्यालेन्टका रुपमा छनोट भएका झापा-११ का प्रदिप बुढाथोकीले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाए। मस्ट भ्यालुएबल प्लेयर चर्च ब्वाइजका रोहण कार्की भए। उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाए।

यसैबीच, झापा ११ एफसीका व्यवस्थापक गोपाल राईलाई क्लबले नगद २५ हजारसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.