रविको मुद्दामा न्यायिक प्रक्रियालाई सघाउने रास्वपाको निर्णय, अर्याल कार्यवाहक सभापति
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको पक्राउका विषयमा अदालतको न्यायिक प्रक्रियालाई सघाउने निर्णय गरेको छ। सोमबार बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय गरेको हो।
त्यस्तै बैठकले पार्टीको कार्यवाहक सभापतिको जिम्मा डोलप्रसाद अर्याललाई तोकेको छ। पार्टी विधान २०७९ (संशोधन २०८१) को धारा २५(४) (क) (९) बमोजिम पुस ६ गते पार्टी सभापति लामिछानेले अर्याललाई कार्यवाहक सभापति तोकिएको जारी विज्ञप्तिमा उल्लेख छ।