दुप्चेश्वरको भेटी पाँच लाख बचत
नुवाकोट : नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यस वर्ष गरिएको मेलामा भक्तजनले चढाएको भेटी बचत भएको छ। दुप्चेश्वर विकास कोषका अनुसार पाँच लाख रुपैयाँ बचत भएको छ।
दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित ठुलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा साताव्यापी रुपमा लागेको मेलामा आठ लाख ६४ हजार दुई सय १२ रुपैयाँ भेटी संकलन भएको थियो। जसमा तीन लाख ६५ हजार एकसय ४१ रुपैयाँ खर्च भएको कोषले जनाएको छ।
मन्दिरमा धान्यपूर्णिमा मेलाको सम्पूर्ण व्यवस्थापनका लागि विभिन्न शीर्षकमा खर्च गरिएको कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए।