एचआईभी संक्रमण हुनबाट बचाउने प्रेप उपचार विधि सुरु

एचआईभी संक्रमण हुनबाट बचाउने प्रेप उपचार विधि सुरु
सुन्नुहोस्

तानसेन : एचआईभी संक्रमित भइनसकेका तर संभावित जोखिममा भएका व्यक्तिहरूलाई भविष्यमा एचआईभी संक्रमण हुनबाट बचाउने सरल प्रेप उपचार विधि पाल्पामा सुरु भएको छ।

नेपाल परिवार नियोजन संघ पाल्पाले यो औषधि उपचार सुरु गरेपछि अहिले ९ जना जोखिममा परेका व्यक्तिहरूले प्रेप सेवा लिईरहेका छन्। दुई दर्जन बढी जोखिममा रहेका व्यक्तिहरूको पहिचानको काम भइरहेको छ। अहिले नेपालको सुनसरी र पाल्पाबाट मात्र प्रेप उपचार विधि सुरु भएको छ। मध्य नेपालको नारायणगढ देखि पश्चिमका सबै क्षेत्र, छिमेकी मुलुक भारतको उत्तर प्रदेश र विहार सम्मका संभावित जोखिममा रहेका व्यक्तिहरूलाई लक्षित गरेर परिवार नियोजन संघ पाल्पाले सरल प्रेप उपचार विधि सुरु गरेको हो। 

एउटै घरपरिवारको श्रीमान् र श्रीमतीमध्ये एक जना एचआईभी सक्रमित भएको तर अर्काे यौनसाथी संक्रमित नभइ जोखिमको अवस्थामा रहेका व्यक्तिले प्रेप उपचार विधि सुरु गरेमा भविष्यमा संक्रमित हुनबाट बचाउने र संक्रमितसँग नियमित यौन क्रियाकलापमा सहभागी हुँदासमेत कुनै जोखिम नहुने नेपाल परिवार नियोजन संघ पाल्पाका प्रबन्धक सोवाकान्त न्यौपानेले बताए।

एकभन्दा बढी साथीसँग यौन सम्पर्क गर्ने व्यक्तिहरूका लागि आइआइभी संक्रमणबाट बचाउने प्रेप उपचार विधिको प्रचार–प्रसार बढेकोले सेवाग्राही बढ्दै गएको नेपाल परिवार नियोजन संघ पाल्पाले जनाएको छ। संस्थाले प्रेप उपचार सेवा सुरु गरेको दुई महिनामै उत्साहजनक परिणाम आएको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.